कैलालीको चुरे गाउँपालिकामा बस दुर्घटना, दुईको मृत्यु
धनगढी: कैलालीको चुरे गाउपालिकामा बस दुर्घटना परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सोमबार धनगढीदेखि डोटीको विपिनगरका लागि छुटेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस दिउसो १ बजेतिर कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि डोटी जोरायल गाउँपालीका वडा नम्बर ५ का ७० वर्षका नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालीका वडा नम्बर ५ की ४८ वर्षीया दुर्गा देवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका पवक्ता डिएसपी वीरबहादुर बुढामगरले जानकारी दिए।
घाईते सबैको कैलालीको अत्तरीयामा रहेको पदमा अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको डिएसपी बुढामगरले जानकारी दिए। बस सडक देखि झण्डै एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको प्रहरीले जनाएको छ।