बाढीपीडितलाई जापानको आपतकालीन राहत
काठमाडौंः बाढीपीडितहरुलाई जापान सरकारले आपतकालीन राहत सहयोग प्रदान गरेको छ। जापानी सरकारले बाढीपीडितहरुलाई तत्कालका लागि राहतस्वरुप त्रिपाल, कम्बल, डसना, पानी टैंकी लगायतका सामान सहयोग उपलव्ध गराएको हाे।
नेपाल सरकारको अनुरोध एवं असल मित्र देशको हैसियतमा जापानले सो सहयोग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० मार्फत गर्न लागेको हो।
राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ जापानी दुतावासले नेपाल सरकारलाई हस्तानन्तरण गर्ने दुतावासले विज्ञप्तिमार्फत जनाएकाे छ ।