नेपालगन्जमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस
नेपालगन्ज: अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मगलबारदेखि नेपालगन्जबाट औपचारिकरुपमा सेवा प्रवाह गर्दैछ।
धम्बोझिमा स्थापना गरिएको एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसको कार्यालय भोलिदेखि विधिवतरुपमा संचालनमा आउँदैछ। नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाको प्रमुख आत्थ्यितामा एक्सपर्टको कार्यालय उद्घाटन हुँदैछ।
उद्घाटन कार्यक्रमपछि वैदेशिक शिक्षामा अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि होटल द ग्यालेक्सी दरबारमा सेमिनार र इन्फरमेसन सेसनको पनि आयोजना गरिँदैछ। जसमा विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। सेमिनारमा एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत संजीव कुमार शर्मासहित अस्ट्रेलियाका तीन युनिभर्सिटीका प्रतिनिधिरु पनि आउँदैछन्।
नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि पुगेको एउटा समूहले नेपाली विद्यार्थीहरुलाई वैदेशिक शिक्षाबारे सेवा प्रबाह गर्न भन्दै सन् २००३ मा सिड्नीमा एक्सपर्टको कार्यालय खोलेर सेवारम्भ गरेको थियो। अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुमाझ विश्वासिलो मानिएको एक्सपर्टले स्न २००७ बाट नेपालका पनि विभिन्न ठाउँमा शाखा स्थापना गरेर सेवा दिँदै आएको छ।
काठमाडौं, चितवन, पोखरा, बुटवल, भैरहवा, इटहरीमा यसअघि नै शाखा संचालनमा ल्याईसकेको एक्सपर्टले भोलिदेखि धनगढीमा पनि सेवा विस्तार गर्दैछ । अस्ट्रेलियाको मेलबर्न, ब्रिसबेन, एडिलाइड र गोल्ड कोयस्टमा पनि शाखा रहेको छ ।
नेपालगन्जमा शाखा उद्घाटनको पूर्वसन्ध्यामा एक्स्पर्टले पत्रकार सम्मेलन गरी नेपालगन्जमा शाखा विस्तार गर्नुको उद्देश्यबारे अवगत गराएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस नेपालका प्रबन्ध निर्देशक जयराम अर्यालले भने, ‘नेपाली विद्यार्थीका लागि अस्ट्रेलियामा अध्ययन पहिलो रोजाईमा पर्छ । धेरै संख्यामा यस क्षेत्रका विद्यार्थीहरु पनि अस्ट्रेलिया जान ईच्छुक छन् । तर विश्वासिलो परामर्शदाताको अभावमा यहाँका विद्यार्थीहरुले आवश्यक जानकारी पाउन नसकेको मनन् गर्दै हामीले यहाँबाट पनि सेवा सुरु गरेका हौं ।’
यसैगरी एक्सपर्टका नेपालगन्ज निर्देशक प्रताप पन्थीले करियर काउन्सेलिङ, अंग्रेजी कक्षा तयारी र भिसा प्रोसेसिङका सबै सेवा उपलब्ध गराईने भएका हुँदा अब यस क्षेत्रका विद्यार्थीहरु बढी खर्च गरेर काठमाडौं वा अन्य सहरहरुमा जानुपर्ने बाध्यता टरेको बताए । ‘कुन विषय पढ्दा भविष्य सुरक्षित हुन्छ, कुन युनिभर्सिटीमा पढ्दा उपयुक्त हुन्छ, छात्रबृत्तिको उपलब्धता लगायतका विषयमा विद्यार्थीहरुलाई हामी परामर्श दिन्छौं ।’
अस्ट्रेलिया जानका लागि दिनुपर्ने भाषा परीक्षा ब्रिटीस काउन्सिलले नेपालगन्जबाटै लिन थालिसकेको छ । भाषा परीक्षाका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्को संस्था आईडीपीले पनि नेपालगन्जमै परीक्षा लिने तयारी गरिररहेको छ । जसका कारण अब यस क्षेत्रका विद्यार्थीहरुले परामर्शदाता संस्थाहरुको सहयोगमा यहीँबाटै वैदेशिक अध्ययनमा जाने प्रक्रिया पुरा गर्न पाउने भएका छन् ।
सामाजिक उत्तरदायित्वमा एक्सपर्ट फाउन्डेसन
यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै एस्पर्ट फाउन्डेसनले मधेशका विभिन्न जिल्लाका बाढीपीडितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो।
बाँकेको राप्तीपारीका बाढीपीडितका लागि फाउन्डेसनले भोलि जिल्ला प्रशासन कार्यालयमार्फत एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदैछ । त्यस्तै कर्मचारीहरुका तर्फबाट संकलित २५ हजार रुपैयाँ पनि भोलि नै बाँके प्रशासनमा बुझाईने निर्देशक पन्थीले जानकारी दिए।
चार लाख रुपैयाँ भने दाङ, चितवन, झापा र सुनसरीका बाढीपीडितका लागि उपलब्ध गराईने भएको छ । एक्सपर्टले चाँडै नै नेपालगन्जमा कलेज क्विज प्रतियोगिता संचालन गर्ने तयारी पनि गरेको छ।