अख्‍तियारले बाढीपहिरो पीडितलाई १५ दिन बराबरको रकम सहयोग गर्ने

अख्‍तियारले बाढीपहिरो पीडितलाई १५ दिन बराबरको रकम सहयोग गर्ने

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले बाढी-पहिरो पीडितलाई १५ दिन बराबरको रकम उपलब्ध गराउने भएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ ' नेपालमा आएको बाढी पहिरो पीडित नेपालीजनको सहयोगार्थ आयोगकका प्रमखु आयुक्त र आयुक्तहरुको १५ दिनको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने निर्णय गरियो।'

विशिष्ट कर्मचारीहरुको हकमा सुरुको पाँच दिन बराबरको रकम, राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको हकमा सुरुको चार दिन बराबरको रकम, द्धितीय र तृतीय श्रेणीको कर्मचारीको हकमा सुरुको तीन दिन बराबरको रकम, राजपत्र अनकिंतको कर्मचारीको हकमा दुई दिन बराबरको रकम र श्रेणी विहीन कर्मचारीको हकमा एक दिन बराबरको रकम उपलब्ध गराउने आयोगका प्रवक्ता एवं सहसचिव जीवराज कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.