सुनसरी जिससमा कांग्रेस र लोकतान्त्रिकका उमेद्वार र्निविरोध निर्वाचित
धरानः जिल्ला समन्वय समिति सुनसरीको प्रमुखमा कांग्रेसका गोपाल राजभण्डारी र्निविरोध निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रीक फोरमसंग गठबन्धन गरी राजभण्डारीले जिससको प्रमुख पदमा उमेद्वारी दिएका छन्।
सुनसरीका तीनवटा स्थानिय निकायमा एमाले र एउटामा संयिय समाजवादी फोरमले विजयी हासिल गरेको भएपनी दुबै पार्टीले निससको निर्वाचनमा उमद्वारी दर्ता नगरेपछी कांग्रेस र तोकतान्त्रीकका उमेदवारी र्निविरोध निर्वाचित भएका हुन्।
जिसस सुनसरीको उपप्रमुख पदमा लोकतान्त्रिककी कृष्णकुमारी विस्वकर्मा निर्वाचित भएकी छन्। सदस्यहरुमा सीता पौडेल, चिरीनजवि बस्नेत, नुनु मियाँ, अहिल्यादेवी मेहता, शम्भु विश्वास, ललिता सदा, र मोहम्मत नौसाद र्निविरोध निर्वाचित भएको सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले बताएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार उनीहरुलाई र्निविरोध निर्वाचितको घोषना गरेको छ।१२ वटा स्थानिय निकाय रहेको सुनसरीमा कांग्रेसको ११ भोट र लोकतान्त्रीकको ४ भोट रहेको थियो।
जिससमा कांग्रेसले प्रमुख पद सहित पाँ सदस्य र लोकतान्त्रीकले उपप्रमुख सहित ४ सदस्य पदमा भागबण्डा गरी गठबन्धन गरेका छन् । २४ भोट रहेको जिसस सुनसरीमा एमालेको ७ र समाजवादीको दुइ भोट रहेको थियो।