संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत

संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकृत

काठमाडौंः व्यवस्थापिका संसदबाट संविधानको दोस्रो संशोधन प्रस्ताव अस्वीकृत भएको छ । संसदमा सोमबार भएको मतदानमा संशोधनको पक्षमा तीन सय ४७ र बिपक्षमा दुई सय ६ मत मात्रै परेको थियो । संसदमा कायम रहेको पाँच सय ९२ जना साँसद मध्येबाट दुई तिहाई बहुमत नपुगेका कारण संविधान संशोधनको प्रस्ताव अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले घोषणा गरेकी हुन ।


सोमबारको बैठकमा पाँच सय ५३ सदस्य मात्रै उपस्थित रहेका थिए ।संसदमा अहिले पाँच सय ९२ जना साँसद छन् । दुई तिहाई बहुमतका लागि तीन सय ९५ जना साँसदको समर्थन आवश्यक पर्दछ । करीव ९१ जना सभासदले समर्थन गरी ३५ महिना अगाडि घोषणा गरिएको संघीय लोकतान्त्रिक संविधानको दोस्रो संशोधन गर्न खोजिएको थियो ।

संविधान घोषणा र पहिलो संशोधनलाई बहिस्कार गरेका मधेशकेन्द्रित दलको नेतृत्वमा भएको १३ महिना लामो आन्दोलनका क्रममा मुलुकले भारतीय नाकावन्दीको सामना समेत गर्नु परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.