नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास
काठमाडौँ: नेपाली सेना र अमेरिकी सेनाबीच ब्यालेन्स नेल १७-५५३० संयुक्त अभ्यासको आजदेखि नेपाली सेनाको श्रीमहावीर रेञ्जर रेजिमेन्ट छाउनीमा सुरु भएको छ।
उक्त अभ्यास विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारलगायत विषयमा आधारित रही आगामी असोज २ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यस्ता अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। रासस