भाइरल ज्वरोमा झारफुक, दुईको ज्यान गयो

 भाइरल ज्वरोमा झारफुक, दुईको ज्यान गयो

जाजरकोट (अन्नपूर्ण): जाजरकोटको वारेकोटमा समयमै उपचार नपाउँदा भाइरल ज्वरोका कारण दुई बालकको ज्यान गएको छ । ज्वरोले बारेकोट गाउँपालिका-३ का वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका ९ महिनाका छोरा मानबहादुरको सोमबार मृत्यु भएको हो।

पाँच दिनदेखि ज्वरोले थलिए पनि अभिभावक उपचार नगरी झारफुकतिर लागेपछि उनीहरूको ज्यान गएको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । नजिकै स्वास्थ्य संस्थासमेत नभएको र टाढा जान हेलचेक्र्याइँ गरेको थापाको भनाइ छ।

स्थानीय जयबहादुर रोकायले भाइरल ज्वरो प्रकोपका रूपमा फैलिएको जानकारी गराए। उनका अनुसार स्वास्थ्य संस्था निकै टाढा रहेका कारण स्थानीयले समयमै उपचार पाउन सकेका छैनन् । स्वास्थ्य संस्था पुग्ज पाँच घन्टा लाग्छ । उनले भने, ‘गाउँका साना–ठूला सबै बिरामी छन्, कसरी ५ घन्टा बोकेर अस्पतालसम्म बिरामी लिने?'

गाउँका स्वास्थ्य संस्था नाम मात्रको रहेको उनको भनाइ छ । ‘त्यहाँ न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै’, उनले भने, ‘जसले गर्दा उपचारको विकल्प भनेकै स्थानीय जडीबुटी र झारफुक हो।'

उक्त गाउँको घटनाबारे जिल्ला स्वास्थ्य कार्यालय भने बेखबर देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले भाइरल प्रकोपका रूपमा नफैलिएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.