३० किलो चरेससहित चार जना पक्राउ

३० किलो चरेससहित चार जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट ठूलो परिमाणमा चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना पाएको प्रहरीले निक्कै सुझबुझका साथ सोमबार राति अपरेशन चलाएर चरेस कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।

चरेसको कारोबारबारे सूचना पाएको प्रहरीले खरिदकर्ता बनेर चरेसको कारोबार गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गर्न सफल भएको हो । सल्यानी बगियास्थित एक घरमा सादा पोशाकका प्रहरीहरु चरेस खरिद गर्न भन्दै पुगेका थिएँ । जहाँबाट ११ केजी चरेससहित सोमबहादुर पुन पक्राउ परे । पुनको बयानको आधारमा प्रहरीले नेपालगन्जको रामनगरस्थित एक घरमा पनि छापा मार्‍यो ।

रामनगरस्थित एक घरमा भाडामा बस्दै आएका दुई महिलाको साथबाट पनि प्रहरीले १९ केजी चरेस बरामद गर्‍यो । प्रहरीले रामनगरबाट रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डाँडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गर्‍यो ।

बसपार्कस्थित होटल मञ्जुको साहुनीबाट आफूहरुले चरेस लिएको भन्ने पक्राउ परेकाहरुको प्रारम्भिक बयानपछि प्रहरीले मञ्जु होटलमा पनि छापा मारेको थियो । त्यहाँ चरेस भने फेला नपरेपनि होटल संचालक २० बर्षीय हिरा बुढालाई पक्राउ गरिएको छ । होटलबाट बहुमुल्य पत्थरसहित एक जना व्यक्ति भने पक्राउ परेको अपरेशनमा संलग्न एक प्रहरी अधिकारीले बताए ।


क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) वडा र जिल्ला प्रहरीको संयुक्त अपरेशनबाट यतिका ठूलो परिमाणमा चरेससहित कारोबारीहरुलाई पक्राउ गरिएको हो । बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले चरेसहित केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गर्दै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिईने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.