भदौ १६ देखि सुपथ मूल्य पसल

भदौ १६ देखि सुपथ मूल्य पसल

काठमाडौं: सरकारले आम उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। दसैंतिहार र छठ पर्वलाई लक्षित गरी देशका विभिन्न स्थानमा भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म यस्ता पसल सञ्चालनमा गरिनेछ। आपूर्तिमन्त्री शिवकुमार मण्डलको अध्यक्षतामा सोमबार बसेको बैठकले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो।

यस्ता पसलबाट बजार मूल्यभन्दा केही सस्तो मूल्यमा उपभोक्तालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। चाडबाडको समयमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले यो वर्ष पनि उपभोग्यमा छुट दिएर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरिएको राईले बताए। यो वर्ष साल्ट टे«डिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उनको भनाइ छ।

नेसनल ट्रेडिङ लिमिटेड घाटामा गएकाले यो वर्ष सुपथ मूल्य पसलमा सहभागिता जनाएको छैन। मन्त्रालयको निर्णयअनुसार साल्ट कर्पोरेसनले प्रतिकिलो चिनीमा पाँच र नुनमा दुई रुपैयाँ छुट दिने व्यवस्था गरेको छ। यस्तै साल्ट कर्पोरेसनले मैदा, सुजी, दाल र तेलमा पनि थोरै भए पनि बजारभन्दा सस्तो मूल्यमा बिक्री गर्ने जनाएको छ।

खाद्य संस्थानले प्रतिकिलो चामलमा १० र मोटा चामलमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। संस्थानले प्रतिकिलो फापरको पीठो र कर्णालीको सिमीमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। खाद्य संस्थानले खसीबोकाको खरिदमा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ।

‘चाडबाडको समयमा उपभोक्तालाई थोरै राहत भए पनि तरकारी व्यवसायी महासंघ, फलफूल व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, थोक बिक्रेता संघ र डिपार्टमेन्ट स्टोरलाई पनि छुट दिन आग्रह गरेका छौं', सचिव राईले भने, ‘ती निकायले पनि प्रतिकिलोमा पाँचदेखि १० रुपैयाँसम्म छुट दिने आश्वासन दिएका छन्।'

दुग्ध विकास संस्थानले प्रतिकिलो घिउमा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ। उपत्यकाका २२ स्थान र उपत्यकाबाहिर ३६ स्थानमा यस्तो सुपथ मूल्य पसल सञ्चालनमा आउनेछ। उपत्यकामा कुलेश्वर, कालीमाटी, टेकु, रामशाहपथ, बानेश्वर, थापाथली, कोटेश्वर, जावलाखेल, सतुंगल, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायत स्थानमा पसल सञ्चालन गरिनेछ।

खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनको सम्पर्क कार्यालय भएका जिल्लामा सहुलियत दरको पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले उपत्यकाका १२ स्थानमा मोबाइल भ्यानसहित घुम्ती पसलमार्फत उपभोक्तालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनेछ।

उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगन्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेलधुरा, बेलौरी, त्रिशूली, बैतडी, अछाम, बाजुरा र बझाङमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने साल्ट ट्रेडिङका उपमहाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए।

सुपथ मूल्य पसल सञ्चालनका लागि आवश्यक रकम यो वर्ष वार्षिक बजेट तथा कार्यक्रममै सरकारले व्यवस्था गरेको छ। खाद्य संस्थानका लागि ६० लाख र साल्ट कर्पोरेसनका लागि एक करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअघिसम्म सुपथ मूल्य पसल सञ्चालन भएपछि छुटबराबरको रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने व्यवस्था थियो। सचिव राईले भने, ‘तर उक्त रकम वर्षौंसम्म नपाएर पसल सञ्चालन गर्ने निकाय नै धरासायी हुन थालेपछि यो वर्षदेखि बजेटमै व्यवस्था गरेका छौं।'

यस्तो छ छुट
समान छुट (प्रतिकिलो रुपैयाँ)
बास्मती चामल १०
मोटा चामल ५
फापर ५
सिमी ५
नुन २
चिनी ५
घिउ १०
स्रोत: आपूर्ति मन्त्रालय


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.