नेपाली बिद्यार्थी समाज दक्षिण कोरियाको अध्यक्षमा बस्नेत

नेपाली बिद्यार्थी समाज दक्षिण कोरियाको अध्यक्षमा बस्नेत

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोन्सिक)को अध्यक्षमा बिजय बस्नेत निर्वाचित भएका छन्।

थेगु स्थित यंगनाम बिश्वविद्यालयमा आयोजना भएको सोनसिकको १४औ बार्षिक साधारण सभामा आफ्ना निकटतम प्रतिद्वन्दी केशब थापालाई पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्। सचिवमा प्रक्षित निरौला निर्बिरोध निर्वाचित भए।

सोनसिक १३औ कार्यसमितिका सभापति आरजना श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग बहादुर सिंह सहभागि थिए। यस्तै ग्यंगसान सहरका मेयर र यंगनाम विश्वबिद्यालयका अध्यक्ष सहभागि कार्यक्रममा कोरियामा रहेका करिव ३५० नेपाली बिद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित थिए।

उक्त अवसरमा तीजको लागि दर खाने कार्यक्रम तथा नाचगानको कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा सोनसिकको बार्षिक गतिबिधिबारे जानकारी गराइनुको साथै बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पनि पेश गरिएको थियो। सोनसिकले कोरियामा छरिएर रहेका नेपाली विद्यार्थीहरुलाई एकताबद्ध गर्न ठुलो भूमिका खेल्दै आएको छ।

सोनसिकले आयोजना गर्ने विभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु मध्ये बार्षिक साधारण सभा सबैभन्दा ठुलो कार्यक्रमको रुपमा आयोजना गरिदै आएको छ। उक्त कार्यक्रममा बर्षदिनमा कम्तिमा एकपल्ट सबैले एक अर्कालाई भेटघाट तथा रमाइलो गर्ने र सोनसिकको बार्षिक गतिबिधि, आर्थिक विवरण बारे जानकारी दिन, तथा आगामी दिनमा सोनसिकलाइ थप उचाइमा पुर्याउन विचार राख्ने, साथै एउटा राम्रो कार्य समितिलाइ सोनसिक को जिम्मेवारी हस्तान्तरण गरिदै आएको छ।

निर्वाचित नयाँ कारियसमितिः

अध्यक्ष: बिजय बस्नेत
उपाध्यक्ष:अन्जना सिलवाल अधिकारी
सकिन श्रेष्ठ
ज्योति श्रेष्ठ
मिलन गौतम

सचिव: प्रक्षित निरौला

सहसचिव: प्रकाश जंग पाण्डे
कोषाध्यक्ष: रौनक जंग पाण्डे

सदस्यहरू:
बिष्णु माया खरेल ,
रुपेश कँडेल ,
अरुन गुप्ता ,
टङ्किङ् बास्तोला,
सुमन भण्डारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.