बजाजको दसैंतिहार योजना

बजाजको दसैंतिहार योजना

काठमाडौं: नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्राहकलाई लक्ष्य गर्दै दसैंतिहार ‘६ नि सान' योजना ल्याएको छ। ग्राहकलाई सधैं नयाँ र रोमाञ्चक योजना ल्याउने बजाजले २०७४ को दसैंतिहारका लागि ‘६ नि सान' योजना प्रस्तुत गरेको हो।

योजना आइतबारबाट सुरु भएको छ । यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थ छन् । पहिलो ‘६ वटा लक्ष्य' र अर्को ‘गौरव गर्नु' अर्थात् बजाजको सानसँग आफू आबद्ध हुनु रहेको कम्पनीले जनाएको छ। यो योजना अवधिभर खरिदकर्ताले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन्। स्क्र्याच कुपनको आधारमा ग्राहकले ६ हजारदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन्।

यो योजनामा सहभागी हुनका लागि ग्राहकले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्युटरबाट बजाज बाइक खरिद गर्नु पर्नेछ । योजनाका बारेमा बोल्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘एचएच बजाज सधैं ग्राहकका लागि रोमाञ्चक र फाइदाजनक योजना प्रस्तुत गर्न प्रतिबद्ध छ।

यसका साथै हामी ग्राहकको सबै खुसीमा साथ दिन चाहन्छौं। यसका लागि दसैंतिहारभन्दा राम्रो उत्सव के हुन सक्छ? ग्राहकले यो योजना निकै मन पराउनेछन् र योजनाबाट लाभान्वित पनि हुनेछन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.