बर्जर पेन्ट्सको ‘एक्सप्रेस पेन्टिङ' योजना
काठमाडौं: बर्जर पेन्ट्स प्रालिले ‘एक्सप्रेस पेन्टिङ' योजना ल्याएको छ । कम्पनीले घर रंगाउने परम्परागत शैलीलाई तोड्दै नयाँ योजना ल्याएको छ। बर्जर पेन्ट्स नेपालले पहिलो पटक नेपालमा एक्सप्रेस पेन्टिङ प्रणाली ल्याएको हो।
पेन्टिङ अर्थात् रंगरोगनसम्बन्धी समस्याको समाधान गर्ने एक सिर्जनात्मक सम्पूर्ण पेन्टिङ सोलुसन हो। तालिमप्राप्त पेन्टरले विभिन्न स्वचालित मेसिन प्रयोग गरी पेन्टिङ गर्नेछन् । यसले घरधनीलाई फास्टर, क्लिनर, बेटर पेन्टिङ अनुभव प्रदान गर्नेछ। यस विधिको प्रयोग गरी रंगरोगन गर्दा एक्स पी शृंखलाका विविध विश्वप्रसिद्ध इमल्सनको प्रयोग गर्न सकिन्छ।
रंग लगाउनुअघि पेन्टरले सतहलाई धुलोरहित बनाउन भ्याकुमसहितको स्यान्डरको प्रयोग गर्छन् । स्वचालित पेन्टिङ मेसिनले घरका भित्ता तथ सिलिङलाई चिटिक्क पार्ने कम्पनीले जनाएको छ। चर्चित कलाकार दीपकराज गिरी र प्रियंका कार्की यस बर्जर एक्स्प्रेस पेन्टिङ सेवाका ब्रान्ड एम्बासेडरको रूपमा छन्।
हालका लागि यो सेवा सीमित बर्जर एक्सपी बिक्रेताकहाँ मात्र उपलब्ध हुनेछ । अहिले यो योजना काठमाडौंमा मात्र उपलब्ध छ । बिस्तारै अन्य सहरमा बिस्तार गर्ने कम्पनीको योजना छ।