चाइना हार्बर र सालसुंगी पावरबीच सम्झौता

चाइना हार्बर र सालसुंगी पावरबीच सम्झौता

काठमाडौं: चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र सालसुंगी पावर लिमिटेडबीच सानजेन खोला ७८ मेगावाट हाइड्रो इलेक्ट्रिक प्रोजेक्टका लागि सम्झौता भएको छ।

शनिबार नेपाल सरकार र चिनियाँ दूतावासका प्रतिनिधिको उपस्थितिमा होटल याक एन्ड यती काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको थियो। सम्झौताअनुसार चाइनाले उक्त प्रोजेक्टलाई अन्तर्राष्ट्रियस्तरमा निर्माण गर्नेछ।

त्यसका लागि चाइनाले १५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने भएको छ। सरकारको तर्फबाट आवश्यक काम पूरा भइसकेको उक्त योजना सन् २०१८ बाट सुरु भएर २०२२ मा सम्पन्न गरिसक्ने योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.