सेञ्चुरी बैंक र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंक र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ।
सोमबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सूर्या लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्।