प्युठानमा सिद्धार्थ बैंकको शाखा
काठमाडौं: सिद्घार्थ बैंकले प्युठानको जुम्रीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले सोमबारदेखि उक्त स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
बैंकले उक्त शाखामार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने जानकारी गराएको छ।
हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकले हाल देशभर ७६ शाखा, दुई एक्सटेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ सेवा र चार सय ५० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ।