नेपाल पुनर्बिमा र आईएमई लाइफबीच सम्झौता

नेपाल पुनर्बिमा र आईएमई लाइफबीच सम्झौता

काठमाडौं: नेपाल पुनर्बिमा कम्पनी र आईएमई लाइफ इन्सुरेन्सबीच जीवन बिमाको पुनर्बिमासम्बन्धी सम्झौता भएको छ। पुनर्बिमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक राकेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हालै नेपाल सरकारले स्वीकृति प्रदान गरेको १० जीवन बिमा कम्पनीमध्ये पुनर्बिमा कम्पनीसँग जीवन बिमाको पुनर्बिमा गर्ने इन्सुरेन्समा आईएमई इन्सुरेन्स पहिलो रहेको बताइएको छ। साथै अन्य बिमा कम्पनी पनि पुनर्बिमाका लागि तयाारी अवस्थामा रहेको नेपाल पुनर्बिमा कम्पनीले जनाएको छ।

जोखिम समूहको पुनर्बिमा व्यवस्थापन गर्न २०६० साल असोज ३०मा नेपाल सरकार र सबै निर्जीवन बिमा कम्पनीको साझा संस्थाको स्वरूपमा आकस्मिक बिमा कोषको स्थापना भई सञ्चालनमा आएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१ साउन २२ को निणर्यअनुसार बिमा समितिबाट २०७१ पुस ४ मा पुनर्बिमा व्यवसाय गर्ने बिमकको अनुमति प्राप्त नेपाल सरकारको ४३.५५ प्रतिशत, जीवन बिमा कम्पनीहरू ३८.३९ प्रतिशत, अन्य कम्पनी तथा संस्थापित कम्पनीसमेत (१८.०६ प्रतिशत) गरी जम्मा ५६.४५ प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय प्रचलन अनुरूप पुनर्बिमा व्यवसाय गर्दै आएको छ। गत आवदेखि कुल तीन अर्ब पाँच करोड पुनर्बिमा शुल्क आर्जन गरेको यस कम्पनीले विश्व बजारका स्थापित पुनर्बिमक हानओभर, एक्सएल क्याटलिन, जीआईसी रे, सेभ रे लगायतसँग पुनर्बिमा (रेट्रोसेसन) गर्दै आएको छ।

यसले सोही अवधिमा १७ देशका ३१ वटा बिमक पुनर्बिमकसँग पुनर्बिमा कारोबार गरी कारोबारलाई विश्वव्यापी बनाउन सफल भएको कम्पनीले जनाएको छ। स्थानीय आवश्यकता तथा राष्ट्रिय जीवन बिमा कम्पनीलाई गुणस्तरीय सेवा प्रदान गर्ने सन्दर्भमा जीवन बिमक सबैलाई यस कम्पनीले सेवा प्रदान गर्ने जनाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.