भोल्भो एस्क्याभेटर ईसी ३०० डीएल नेपाली बजारमा
काठमाडौं: नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रालिले बजारमा ३० टन रेन्जको एस्काभेटर भित्र्याएको छ। यो एस्काभेटरको निर्माण खासगरेर खानी कार्य र जलविद्युत् आयोजनालाई मध्यनजर गरेर ल्याइएको कम्पनीले जनाएको छ।
ईसी ३०० डीएलमा दुई सय ३१ हर्सपावरको भोल्भो डी७ इन्जिन जडान गरिएको छ। यसले न्यून आरपीएममा पनि सबैभन्दा बढी टोर्क प्रदान गर्नेछ । रिइन्फोर्स गरिएको फ्रेमसहितको उच्चभारको क्याबिन आर्म र रक बकेटले यसको बडी संरचनालाई मजबुत बनाएको कम्पनीले जनाएको छ।
यो यन्त्रले इन्धन खपत कम गर्नेछ भने उत्पादकत्वमा पनि वृद्धि हुने कम्पनीको विश्वास छ। चालकको सुविधालाई ध्यानमा राखी क्याबिनमा वातावनुकूलित यन्त्र जडान गरिएको छ। यसमा चालकको सुरक्षाका लागि आरओपीएस÷एफओपीएसजस्ता मापदण्डको पनि पालना गरिएको छ।
यो उपकरणमा रहेका अन्य थप पुर्जामा रिटर्न फिल्टर्स, इन्धन भर्ने पम्प, बेकन बत्ती, बटम ज्वाय स्टिक्स, बुम फ्लोटिङ, इलेक्ट्रो हाइड्रो प्रणाली, म्याट्रिक्स प्रणाली आदि छन्। भोल्भो सीई अत्याधुनिक उपकरणद्वारा दक्षिण कोरियामा निर्माण गरिएको हो।