घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ बन्यो

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ बन्यो

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माणमा 'बे्रक थु्र' भएको छ ।घलेम्दी हाइड्रो लिमिटेडले तीन वर्षयता निर्माण गरिरहेको आयोजनाको बाँधस्थल र आउटलेट (फोरवे)सम्म १७ सय सुरुङमार्गको आइतबार साँझ 'ब्रेक थ्रु' भएको हो ।

अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरसहित आयोजना प्रवद्र्धक तथा लगानीकर्ताको उपस्थितिमा सुरुङमार्ग जोडिन बाँकी दुई मिटर चट्टानलाई नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरी खोलिएको थियो । दुवैतर्फबाट खनिएको सुरुङमार्ग जोडिएपछि आयोजना निर्माण अन्तिम चरणमा आइपुगेको कम्पनीका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए ।

'सुरुङमार्गमा हामीले महत्वपूर्ण सफलता हासिल गरेका छौं । टनेल जोडिएपछि अब त्यसमा फिनिसिङको काम मात्र बाँकी छ', अध्यक्ष सुवेदीले भने, 'अबको सात महिनाभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नेछौं ।'

आयोजनाको विद्युत्गृह रहने नीलगिरि खोला किनारसम्म सडक सञ्जाल पुगे पनि त्यसभन्दा माथिका लागि आवश्यक सामग्री खच्चड, भरिया र तुइनमार्फत ढुवानी गरिँदै आएको छ । नीलगिरि र घलेम्दी खोला मिसिएपछि मिस्त्री खोला बन्छ । त्यही दुई खोलाको दोभानबाटै रोबर्ट्स इनर्जीले ४२ मेगावाट विद्युत् उत्पादनको कामलाई तीव्र बनाएको छ । मिस्त्रीको बाँधस्थल र घलेम्दीको विद्युतगृह नजिकै पर्छ ।

'सुरुङमार्गमा हामीले महत्वपूर्ण सफलता हासिल गरेका छौं । टनेल जोडिएपछि अब त्यसमा फिनिसिङको काम मात्र बाँकी छ ।' -किशोर सुवेदीअध्यक्ष, घलेम्दी हाइड्रो

'मिस्त्री र हामी मिलेर विद्युत्गृहसम्म सडक ल्यायौं, हामीले मात्र त्यहाँभन्दा माथि लैजान सकेनौं । निर्माण सामग्री मान्छे र खच्चडले बोक्दा केही ढिला पनि भयो', सुवेदीले भने, 'जलविद्युत्मा सुरुङ बे्रक थु्रलाई महत्वपूर्ण उपलब्धि मानिन्छ, त्यो उपलब्धि हामीले हासिल गरेका छौं ।' आयोजनाले विद्युत्गृह निर्माण र इन्टेकलाई थप व्यवस्थित बनाउने कार्य सुरु गरेको छ ।

जिल्लाका उद्योगी÷व्यवसायी अनि स्थानीयको लगानीमा निर्माणाधीन आयोजनाले रोजगारीमा स्थानीयलाई नै पहिलो प्राथामिकता दिँदै आएको छ । स्थानीय बासिन्दाको अपनत्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए । 'हामीसँग जलविद्युत्सम्बन्धी अनुभव नै थिएन तर सबैको अपनत्वका कारण हामीले यो सफलता हासिल गरेका हौं', प्रबन्ध निर्देशक श्रेष्ठले भने ।

३८ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम डेभलपमेन्ट बैंकले ५५ करोड लगानी गरेका छन् । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ । 'अहिले दानामा २२० केभीए कालिगण्डकी करिडोर सबस्टेसन निर्माण भइरहेको छ । यसबाट पर्वतको खुर्कोट हुँदै राष्ट्रिय लाइनमा जोडिनेछ', उनले भने ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.