दार्चुलामा झुन्डिएर आत्महत्या
दार्चुला : एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । दार्चुलाको मालीकार्जुन गाउँपालिका २ भगवती घर भएका २६ वर्षीय पुष्करसिंह धामीले महाकाली नगरपालिका ४ खलंगामा आफ्नै घरमा डोरीले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए।
खनालका अनुसार मृतक धामीको बाल्यकाल देखिनै मानसिक सन्तुलन बिग्रेको थियो । मृतक धामीको सब जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।