तीन पटक तलाक गरेर सम्बन्ध बिच्छेद गर्न नपाइने आदेश

तीन पटक तलाक गरेर सम्बन्ध बिच्छेद गर्न नपाइने आदेश

नयाँ दिल्ली : भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ।

यस समुदायका पुरुषले तीन पटकसम्म तलाक शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रही आएको थियो ।

यसलाई उनीहरुले कानुनी मान्यताकै रुपमा पनि अभ्यास गर्दै आएका थिए। तर उक्त प्रावधानलाई मंगलबार अदालतले खारेज गरिदिएको छ ।

भारतीय सर्वोच्च अदालतको मंगलबारको इजलासले यसरी तीन पटकसम्म तलाक गरेर श्रीमतीलाई तुरुन्तै सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यास धार्मिक हिसाबले गरिएको पनि होइन र यसले भारतीय संविधानको पनि उल्लङ्घन गरेको फैसला सुनाएको छ ।

आजको उक्त फैसलामा पाँच न्यायाधीश थिए । ती पाँच न्यायाधीश हिन्दू, इस्लाम, सिख, क्रिश्चियन र जोरोआस्त्रानियम धर्मका रहेका थिए ।

उनीहरुले विगत लामो समयदेखि गहन अध्ययन गरी उक्त पैmसला सुनाएको बताइएको छ । उनीहरुले एकतर्फी रुपमा पुरुषले मात्र सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले महिलामाथि हिंसा नै गरेको ठहर गरेको छ ।

उक्त फैसलामा भनिएको छ– पाप के हो भन्ने धार्मिक आश्थामा लेखिएका वा भएका कुरा कानुनको आँखामा मान्य नहुन पनि सक्छन् ।

विवादास्पद निर्णयलाई उच्च अदालतले गरेको खारेजलाई एक ऐतिहासिक निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमार्फत बताए । उनले गरेको ट्वीटमा ट्रिपल तलाक सम्बन्धि यो फैसला ऐतिहासिक भएको बताए ।

यसले फैसलाले मुस्लिम महिलाहलाई समानताको अधिकार दिएको र महिला सशक्तिकरणको दिशातर्फ यो मजबूत कदम भएको पनि मोदीले बताए ।रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.