महिला प्रतिनिधित्वमा नेपाल विश्वमै उदाहरणीयः राष्ट्रपति

 महिला प्रतिनिधित्वमा नेपाल विश्वमै उदाहरणीयः राष्ट्रपति

भक्तपुर: राष्ट्रपति विद्यादेवी भण्डारीले महिला प्रतिनिधित्वमा नेपाल विश्वमै अनुपम उदाहरणीय सावित भएको बताएकी छन् ।

जिल्लाको सूर्यविनायक नरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा साउन महिनाभर सञ्चालन भएको श्रावणी मेलाको मंगलबार भएको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा स्थानीय तहदेखि राज्य सञ्चालन तहसम्ममा बढेको महिला सहभागिता बढ्नु विश्वमै खुसीको कुरा भएको बताएकी हुन्।

 

‘नीति निर्माण तथा कार्यान्वयन तहमा महिला प्रतिनिधि बढ्नु नेपाल, एसियाको लागिमात्रै होइन विश्वकै लागि खुसीको कुरा हो’, उनले भनिन्, ‘स्थानीय तहदेखि राज्य सञ्चालन तहसम्मको महिला प्रतिनिधित्व अनुपम उदाहरण सावित भएको छ ।’

राष्ट्रपति भण्डारीले स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति, नगरपालिका एवं गाउँपालिकाका प्रमुख एवं उपप्रमुखमा एकजना अनिवार्य महिला हुनु नै नेपालको लागि ठूलो उपलब्धि भएको बताइन् ।

‘पूर्वीय सभ्यता एवं दर्शनमा चलेको नेपाली समाजमा महिला अगाडि नै मानिन्छ तर व्यवहारमा थिएन', उनले थपिन्, ‘अब साँच्चिकै लक्ष्मीनारायण स्थापित भएको छ। फराकिलो चित्त बनाए समाज र देश अघि बढ्छ र विकास प्राप्त हुन्छ।'

डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शीर घोषणा गरिएको नवौं वर्ष पूरा भएको दिन पारेर मंगलबार मन्दिर परिसरमा भव्य समारोह आयोजना गरिएको थियो। मन्दिर परिसरमा राष्ट्रपतिको आगमनसँगै भारी वर्षा भएको थियो । जसलाई मन्दिर परिसरमा उपस्थित सर्वसाधारणले शुभसाइत अथ्र्याएका थिए।

श्रावणी मेला समापन समारोहलाई सम्बोधन गर्नुअघि राष्ट्रपति भण्डारीले डोलेश्वर महादेव मन्दिरमा पञ्चामृत पूजासमेत गरेकी थिइन्।

राष्ट्रपति कार्यालयबाट पूजाको कुनै व्यवस्थापनविनै मन्दिरका मुख्य पुजारी बच्चुराम जंगमले राष्ट्रपति भण्डारीलाई पञ्चामृत पूजा गराएका हुन् ।

राष्ट्रपति भण्डारीले पञ्चामृत पूजाअन्तर्गत दूध, दही, घ्यू, मह र सख्खर डोलेश्वर महादेवको शिव लिंगमा अर्पण गरेकी थिइन् । तर पूजापछि उनले महादेवको प्रसादस्वरुप रुद्राक्षको माला र चन्दनको टीका ग्रहण गरिनन् ।

गत वर्ष पनि राष्ट्रपति भण्डारी श्रावणी मेलाको समापन एवं डोलेश्वर महादेव मन्दिरलाई भारतको उत्तराखण्डस्थित केदारनाथको शीर घोषणा गरिएको दिन पारेर मंगलबारकै दिन डोलेश्वर महादेव मन्दिर पुगेकी थिइन् ।

यसअघिका राष्ट्रपति रामवरण यादवलाई मन्दिर ल्याउन डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले लाख प्रयास गरे तर विवादित मन्दिरमा आफू नआउने भन्दै निमन्त्रणा लिएर गएका समितिका पदाधिकारीहरुलाई रित्तो हात फर्काएका थिए।

एक करोड तीन लाख संकलन
साउन महिनाभर लागेको मेलाबाट मन्दिरले यस वर्ष एक करोड तीन लाख ४० हजार रुपैयाँ संकलन गरेको छ। गत वर्ष एक करोड ५८ लाख ५७ हजार रुपैयाँ संकलन भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए।

उनका अनुसार साउन महिनाभर करिब दस लाख भक्तजन डोलेश्वर महादेव मन्दिर पुगेका थिए।वि.सं. २०६६ भाद्र ६ गते भारत उत्तराखण्डस्थित केदारनाथका केदार वैराग्य पीठाधिश्वर भीमाशंकरलिङ्ग शिवाचार्यले भक्तपुरको डोलेश्वरलाई केदारनाथको शीर भएको घोषणा गरेका थिए।

सोही दिनदेखि प्रत्येक वर्षको भाद्र ६ गते डोलेश्वरमा विशेष कार्यक्रम गरिँदै आएको छ । यस दिन मन्दिर सर्वसाधारणको लागि खुला गरिने भएकाले अरु दिनभन्दा यस दिन सबैभन्दा बढी भक्तजन मन्दिर पुग्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.