देवेन्द्रलाई स्वागत गर्दै प्रचण्डले भने- वैद्य, बाबुराम र विप्लव असफल भए

देवेन्द्रलाई स्वागत गर्दै प्रचण्डले भने- वैद्य, बाबुराम र विप्लव असफल भए

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी घटक मध्ये माओवादी केन्द बाहेक अन्य पार्टी असफल भएको दाबी गरेका छन् । सिद्दान्त जोगाउने, क्रान्ति अझै जारी राख्ने जस्ता नारा दिँदै पार्टी छोडेर हिडेका मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द राजनीतिमा असफल भएको प्रचण्डले बताए ।

‘वैद्यजी, बाबुराम र विप्लवजी असफल भइसक्नु भएको छ, अब उहाँहरुको सिद्धान्त र क्रान्तिको गफले मात्र केही हुदैन,’ प्रचण्डले भने । उनले वैद्यले सिद्धान्त बचाउन नसकेको बताए । ‘किरणजी सिद्धान्त बचाउने कुरा गर्नुहुन्थ्यो, त्यो पनि देखिएन, बाबुरारामजी चमत्कारै गर्छु भनेर केजरीवालको सपना देख्दै हिडनु भएको थियो, भएन, विप्लवजीमा भने महत्वकांक्षा छ, त्यो पनि पुरा हुन सकेन,’ प्रचण्डले भने ।

 उनले अब विभाजित माओवादी पार्टीमा रहेका बहुसंख्यक नेता माओवादी केन्द्रमै फर्किसकेको जिकिर गदै अन्तत अन्य नेता पनि माओवादीमै फर्किने बताए । मंगलबारको कार्यक्रममा नयाँ शक्ति छोडेर नेता देवेन्द्र पौडेललगायतका नेताहरु, नेत्रविक्रम चन्द छोडेर नेकपा (माओवादी) पूर्नगठन गरेका गगन खड्का लगायतका नेताहरु माओवादी केन्द्रमा समाहित हुन आएका थिए ।

 

ध्रुवीकरण कार्यक्रममा नयाँ शक्ति, ध्रुवीकरण अभियानका संयोजक देवेन्द्र पौडेलले क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको बताए । नेता पौडेलले भने ‘हामी क्रान्तिकारी, परिवर्तनकारी शक्तिहरु विभाजित भयौं, त्यसको प्रतिक्रियावादीहरुले फाइदा उठाए । हामीले लडेर ल्याएको परिवर्तन उल्टाउने खतरा बढ्यो, हामीले बाबुरामजीलाई पनि एकतामा ल्याउने अन्तिमसम्म कोशिस गर्याैं । तर, उहाँ आउनु भएन, अनि हामी आयौं । बाबुरामजी लगायतका सबै क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु एक हुनुको कुनै बिकल्प छैन ।’


कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पाले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता महशुस गरी आफूहरु माओवादी केन्द्रमा ध्रुवीकृत भएको बताए । त्यस्तै विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेता गगन खड्का ‘जीवन’ले विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतंक मच्चाएको र क्रान्तिको कुनै पनि सोच नभएकाले आफूहरु माओवादी केन्द्रमा आएको बताए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका १६ जना केन्द्रीय सदस्य र २७० भन्दा बढी केन्द्रीय परिषद सदस्य माओवादी केन्द्रमा समाहित भएका छन् । त्यसैगरी गगन खड्का ‘जीवन’को नेतृत्वमा विप्लव नेतृत्वको नेकपाका ३५० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् । कार्यक्रममा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी दर्जनौं युवाहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
ध्रुवीकरणपछि एकतालाई तल्लो तहसम्म पुर्याउन केन्द्र र प्रदेश स्तरमा एकता कार्यदल गठन गरिएको छ । कार्यदलले ध्रुवीकरणमा आएका सबै नेता–कार्यकर्ताहरुको संगठनात्मक व्यवस्थापन गर्नेछ । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन, पम्फा भुसाल, शक्ति बस्नेत लगायतका नेताहरु उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.