डोक्लाम विवादमा जापानलाई जथाभावी नबोल्‍न चीनको धम्की

 डोक्लाम विवादमा जापानलाई जथाभावी नबोल्‍न चीनको धम्की


एजेन्सी: डोक्लाम विवादमा चीनले जापानलाई धम्काएको छ। भारतको पक्षलाई समर्थन गरेको भन्‍दै चीनले जापानलाई धम्क्याएको समाचार बीबीसीले जनाएको छ।

चीनले डोक्लम विवादबारे तथ्‍यलाई आधार मानेर मात्रै बोल्‍न जापानलाई चेतावनी दिएको हो।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङगले जापान तथ्‍यविना बयानबाजी गरिरहेको आरोप लगाएका छन्।

 

उसले भनेको छ, ' भारतीय मिडियामा आएको समाचारको आधारमा जापनी राजदूतले भारतमा बसेर जथाभावी बोल्‍नु उचित होइन। तथ्यमा रहेर बोल्दा मात्रै उचित हुन्छ। त्‍यकारण राजदुत भएर डोक्लामबारे तथ्‍यहीन कुार नबोल्‍न चुनौती दिन्छु।'

यता, भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतले कहिल्‍यै पनि कुनै देशमाथि आक्रमण नगरेको बताएका छन्। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)को कार्यक्रममा बोल्दै उनले भारतले आफ्नो विस्तार गर्ने कुनै इच्छा नरहेको बताए।

उनले भने, ' सेना, आईटीबीपी सबै आफ्नो काममा लागेका छन्। सीमामा बस्‍ने भारतीय र अन्‍यसँग समेत सेनाले राम्रो व्‍यवहार गर्दै आएको छ। सुरक्षा फौज कुनै पनि चौनौती सामना गर्न तयार छ।'उनले चीनले स‌ंयमता अपनाएर सकारात्‍मक सोच्‍ने विश्‍वास लिएको बताए। उनले भने, ' भारत युद्ध होइन शान्ति चाहन्छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.