बैंकको लगानी निराशाजनक

बैंकको लगानी निराशाजनक

काठमाडौं : आर्थिक वर्ष २०७३/७४ को पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानी निराशाजनक देखिएको छ । आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी साढे दुई गुणाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय क्षेत्रबाट दुई खर्ब ३८ अर्ब लगानी भएकोमा पछिल्लो ६ महिनामा ९१ अर्ब रुपैयाँ लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजी अभाव हुँदा त्यसको असर क्षेत्रगत लगानीमा परेको हो । गत मंसिरदेखि नै बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च' देखिए पनि जसोतसो केही लगानी गरिरहेका थिए । पहिलो ६ महिनापछि बैंक ऋण लगानी गर्न नसक्ने भएपछि पछिल्लो ६ महिनामा थोरैमात्र लगानी भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

राष्ट्र बैंकको पुँजी वृद्धि योजनाअनुसार बैंकिङ क्षेत्रले ब्याजदर बढाउने योजना सार्वजनिक गर्दै निक्षेप संकलन गरेपछि निक्षेप संकलनमा पनि बढोत्तरी आएको थियो । बैंकले ब्याजदर बढाउनुअघि भने प्रायः बैंक लगानी गर्न नसक्ने आवस्थामा थिए । त्यतिबेला ‘ख' वर्गको विकास बैंक र ‘ग' वर्गको वित्त कम्पनीले मात्रै केही लगानी गरेका थिए । अधिकांश वाणिज्य बैंक भने लगानी गर्न नसक्ने अवस्थामा थिए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय क्षेत्रबाट दुई खर्ब ३८ अर्ब लगानी भएकोमा पछिल्लो ६ महिनामा ९१ अर्बमात्र लगानी भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा भने यस क्षेत्रको लगानी १६ खर्ब ८१ अर्ब थियो । अघिल्लो आवको तुलनामा गएको वर्षको बैंकिङ क्षेत्रको लगानी १४ प्रतिशतले बढेर १९ खर्ब ८६ अर्ब पुगेको छ । अघिल्लो वर्षको तुलनामा लगानी बढे पनि वृद्धिदर घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी २३.७ प्रतिशत बढेर १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ पुगेको थियो । गतवर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी तीन खर्ब चार अर्ब ३७ करोड रुपैयाँ बढेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । वाणिज्य बैंकको कर्जा प्रवाह २५ प्रतिशत बढेको छ । विकास बैंकको १३.७ र वित्त कम्पनीको १३.३ प्रतिशत घटेको छ ।

गत वर्षमा बैंक तथा वित्तीय क्षेत्रले गरेको कुल लगानीको कृषि क्षेत्रतर्फ १४.३ अर्थात् ९० अर्ब लगानी भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.४, निर्माण क्षेत्रतर्फ कर्जा १६, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१, धातु उत्पादन तथा मेसिनरी र विद्युतीय सामग्री तथा फिटिङमा २८ दशमलव ५, सेवा क्षेत्रका उद्योगतर्फ २३.३ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशत बढेको छ ।

गतवर्ष बैंकहरूको लगानी


साउन १६ खर्ब ९२ अर्ब
भदौ १७ खर्ब ३६ अर्ब
असोज १७ खर्ब ७८ अर्ब
कात्तिक १८ खर्ब ४ करोड
मंसिर १८ खर्ब ३७ करोड
पुस १८ खर्ब ९५ अर्ब
माघ १९ खर्ब ३० अर्ब
फागुन १९ खर्ब ३६ अर्ब
चैत १९ खर्ब ४९ अर्ब
वैशाख १९ खर्ब ५८ अर्ब
जेठ १९ खर्ब ६६ अर्ब
असार १९ खर्ब ८६ अर्ब
स्रोत : नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.