एक वर्षमै थपिए १० ब्रान्डका स्मार्टफोन

एक वर्षमै थपिए १० ब्रान्डका स्मार्टफोन

काठमाडौं : नेपाली स्मार्टफोन बजारमा एक वर्षकै अवधिमा १० वटा स्मार्टफोन ब्रान्ड भित्रिएका छन् । सामसुङ, हुवावे, जियोनी, साओमी, कलर्स लेनेभोलगायत ब्रान्डका अतिरिक्त उक्त अवधिमा थप १० ब्रान्ड भित्रिएका हुन् ।तीमध्ये नौवटा ब्रान्ड चिनियाँ छन् । विश्वबजारमा सफल ब्रान्डका रूपमा स्थापित नयाँ १० ब्रान्डमध्ये केही नेपाली बजारमा स्थापित पुराना ब्रान्डका लागि समेत चुनौती बनेका छन् ।

एक वर्षमा यति धेरै स्मार्टफोन ब्रान्ड नेपाली बजारमा भित्रिएको यो पहिलो वर्ष रहेको व्यवसायीको भनाइ छ । बजारमा अहिले सामसङ, हुवावे, जियोनी, लेनोभो, कलर्स, साओमीलगायत तीन दर्जनभन्दा बढी स्मार्टफोन ब्रान्ड उपलब्ध छन् । त्यसमा करिब एक दजर्न ब्रान्ड गतवर्ष मात्र प्रवेश भएका हुन्।

गत एक वर्षको अवधिमा नेपाली स्मार्टफोनको बजारमा भित्रिएको स्मार्टफोनमध्ये चाइनिज ब्रान्ड जेडटीई एक हो । उसले सुरुवातमा सस्तोमा ब्लेड एल फाइभदेखि महँगोमा ब्लेड एस सेभेनसमेत सार्वजनिक गरेको थियो । जेडटीईसँगै नेपाली बजारमा भित्रिएको ओप्पो विश्व स्मार्टफोन बजारमा चौथो स्थानमा रहेको दाबी गरेको छ । यसको नेपाली बजारमा पनि सोहीअनुरूपको स्थान छ । एफ वान एस, ए-३७ र नियो-७ स्मार्टफोन भित्र्याएको ओप्पो आक्रामक बजार विस्तारका कारण नेपाली बजारमा रहेका पुराना ब्रान्डसँग प्रतिस्पर्धा गर्न सफल छ ।

ओप्पोलगत्तै अर्को चिनियाँ ब्रान्ड मेइजु नेपाली बजारमा प्रवेश गर्‍यो । उच्च प्रविधिका साथ ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ नेपाली बजारमा आएको मेइजुले अपेक्षाकृत रूपमा बजार भने लिन सकेन । मेइजु एकैपटक दुईवटा स्मार्टफोनका साथ बजारमा भित्रिएको थियो ।

त्यसमध्ये एमथ्री नोट एउटा हो । योसँगै नेपाली बजारमा अमेरिकी ब्रान्ड इनफोकसले आफ्नो उत्पादनको बिक्री सुरु गर्‍यो । इनफोकस अमेरिकी ब्रान्ड भए तापनि यो चीनबाट म्यानुफ्याक्चर भएर नेपाल भित्रिएको हो । यसले नेपाली स्मार्टफोनको बजारमा उपस्थिति मात्र जनाएको छ । कम्पनीसँग नेपाली बजारमा अहिले एम ३७० आई र एम ८०८ आइ दुई मोडल छन्, जुन ग्राहकमाझ प्रिय छन् ।

यो वर्षको सुरुवातसँगै नेपालमा नोकियाको पुनरागमन भयो । मोबाइल बजारमा कुनै समय एकछत्र राज गरेको नोकियाको पुनरागमनले विश्वबजार मात्र नभई नेपाली बजारमा पनि तरंग ल्यायो ।

गतवर्ष नै ताइवानी ब्रान्ड एचटीसी नेपाली बजारमा भित्रियो । चीनमा निर्माण भएर नेपाली बजारमा आउने एचटीसी ब्रान्डको उत्पादन नेपालमा त्यसअघि पनि नभएको भने होइन । गतवर्ष जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा यो ब्रान्डलाई आधिकारिक रूपमा भित्र्याएको हो ।
कम्पनीले एकैपटक डिजायर ६३०, ६२८, ६२६, ७२८ र ८३० मोडलको स्मार्टफोन सार्वजनिक गर्‍यो । त्यसलगत्तै अर्को चिनियाँ ब्रान्ड ओट्टो नेपाली बजारमा सार्वजनिक भयो ।

न्युरोडस्थित ताम्राकार कम्प्लेक्समार्फत नेपाली बजारमा प्रवेश गरेको ओट्टोको प्रिमियम उत्पादन ओट्टो मार्क चर्चित छ । त्यसपछि बजारमा धमाकेदार रूपमा कुलप्याड ब्रान्डको स्मार्टफोन भित्रियो । चिनियाँ ब्रान्ड कुलप्याड आफ्नो प्रिमियम उत्पादन ‘कुल वान'का साथ बजारमा आएको थियो । जुन रूपले नेपाली बजारमा आएको जनाउ कुलप्याडले दियो, त्यसअनुरूपमा यसको बजार विस्तार भने हुन सकेन ।
गतवर्ष नै नेपाली बजारमा अर्को चिनियाँ ब्रान्ड एलिफोन पनि आयो । गोयन्का इन्फोटेकले नेपाली बाजरमा एलिफोनको एस ७, पी९००० र सी१ लगायत स्मार्टफोन ल्याएको हो । यसले पनि नेपाली स्मार्टफोन प्रयोगकर्ताको मन भने जित्न सकेन ।

यो वर्षको सुरुवातसँगै नेपालमा नोकियाको पुनरागमन भयो । मोबाइल बजारमा कुनै समय एकछत्र राज गरेको नोकियाको पुनरागमनले विश्वबजार मात्र नभई नेपाली बजारमा पनि तरंग ल्यायो । त्यो पनि नोकियाले आफ्ना पुराना ग्राहकका लागि भन्दै कम्पनीकै सबैभन्दा बढी बिक्री भएको बारफोन ‘नोकिया ३३१०' लाई पहिला सार्वजनिक गर्‍यो । अनि बिस्तारै स्मार्टफोनमा नोकिया थ्री, नोकिया फाइभ र नोकिया ६ लाई बजारमा ल्याएको हो ।

नोकियाको आगमनपछि बजारमा डुगी ब्रान्डको स्मार्टफोनले प्रवेश पाएको छ । नेपालमा भित्रिइसके पनि यसले आधिकारिक रूपमा प्रडक्ट सार्वजनिक भने गरेको छैन । यी ब्रान्डका अतिरिक्त टेक्नो, भिबो र मोटोरोला ब्रान्डका स्मार्टफोन यो वर्ष नेपाली बजारमा आउने तरखरमा छन् ।

यतिका संख्यामा नेपालमा नयाँ ब्रान्डका स्मार्टफोनको प्रवेशलाई स्मार्टफोनप्रति प्रयोगकर्ताको बढ्दो आकर्षणलाई लिन सकिने व्यवसायीको भनाइ छ । अर्कोतर्फ १० ब्रान्डमध्ये नौवटा चिनियाँ रहनुले चाइनिज ब्रान्डको नेपालमा बढ्दो प्रभावलाई पनि दर्साउने हुवावे मोबाइलका नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांगको भनाइ छ । नयाँ ब्रान्डका लागि नेपाली बजार अवसर भएको उनले बताए । ‘नेपाली बजार सानो भए तापनि यहाँ स्मार्टफोन बोक्ने ग्राहक धेरै छन्', उनले भने, ‘नेपालको ठूलो जनसंख्याले बारफोन बोक्छ । बारफोन बोक्ने जनसंख्या बिस्तारै स्मार्टफोनतर्फ आकर्षित भएका छन् । यो कुनै पनि स्मार्टफोन कम्पनीका लागि बजार प्रवेशको उपयुक्त समय हो।'

नयाँ ब्रान्डका स्मार्टफोन कुनै एक रेन्जमा आफूलाई फरक बनाएर त्यसमा उत्कृष्ट ब्रान्डका रूपमा स्थापित हुने लक्ष्यका साथ आएका छन् । बजारमा कोही क्यामरा फोन, कोही सेल्फी फोन र कोहीले ब्याट्री ब्याकअपलाई लिएर ग्राहक तानिरहेका छन् । बजारमा यो संख्यामा नयाँ ब्रान्डका स्मार्टफोन भित्रिनु स्वाभाविक रहेको कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापा बताउँछन् । यसले ग्राहकलाई छनोटको अवसर पनि सिर्जना गरेको छ । बजार प्रतिस्पर्धात्मकसमेत बनेको छ, जसकारण ग्राहकले थोरै मूल्यमा राम्रो सुविधा पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.