प्रधानमन्त्री देउवालाई प्रचण्डले बुझाए ३५ लाखको चेक

 प्रधानमन्त्री देउवालाई प्रचण्डले बुझाए ३५ लाखको चेक

काठमाडौं : नेकपा(माओवादी केन्द्र)ले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

प्रचण्डको निजी सचिवालयले जनाए अनुसार बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई चेक हस्तान्तरण गरेका हुन्। बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बताए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने नेता रायमाझीले जनाए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.