म्याराडोना फुटबल खेल्न भारत आउदै

म्याराडोना फुटबल खेल्न भारत आउदै

कोलकाता : अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोना च्यारिटी फुटबल खेल्न भारतमा आउने भएका छन् । सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका महत्र्वपूर्ण सदस्य म्याराडोना आगामी अक्टोवर २ देखि ४ तारिखसम्म भारतमा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । म्याराडोनाले अक्टोवर २ तारिखमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीलगायत फुटबल, क्रिकेट, हकी र चलचित्र कलाकारसँग मिलेर प्रदर्शनी खेल खेल्नेछन् ।

‘म्याच फर युनिटी’ नामक च्यारिटी खेलमा भारतीय हकी टोलीका पूर्वकप्तान धनराज पिल्ले, बंगाली अभिनेता अविर चटर्जी, क्रिकेट खेलाडी मनोज तिवारी र दीपदास गुप्ताले पनि म्याराडोनासँग फुटबल खेल्नेछन् । कोलकातामा हुने उक्त च्यारिटी खेलमा मोहनबगानका पूर्वखेलाडी चिमा ओकोरी, जस रामिटेज र ओदाफा ओकोलीले पनि म्याराडोनासँग फुटबल खेल्नेछन् ।

प्रतियोगिताको आयोजना आदित्य स्कुल अफ स्पोर्ट्सले गर्न लागेको हो । म्याराडोनाको भारत भ्रमणको व्यवस्थापन भने मोक्ष स्पोर्ट्स भेन्चर्सले गरेको हो । मोक्ष स्पोर्ट्सका संस्थापक सताद्रु दत्तले पहिलो ३० मिनेट म्याराडोना र फुटबल खेलाडीबीच खेल हुने र त्यसपछि क्रिकेटर र कलाकारसँग खेल हुने जानकारी दिए । दुई च्यारिटी खेलपछि उनी भारतमै आयोजना हुन लागेको फिफा यू–१७ विश्वकप फुटबलको कार्यक्रममा सहभागी हुनेछन् ।

विश्वका दिग्गज फुटबलर म्याराडोना दोस्रोपटक भारत भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि सन् २००८ मा पहिलो पटक भारत आएका थिए । त्यसबेला हजारौं फुटबलप्रेमीले म्याराडोनालाई विमानस्थलमा भव्य स्वागत गरेका थिए । १० वर्षपछि पुनः भारत भ्रमणको अवसर जुट्दा खुसी लागेको ५६ वर्षीय म्याराडोनाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.