रोनीको दुई सय गोल

रोनीको दुई सय गोल

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको मैदानमा १-१ गोलको बराबरीमा रोकेको छ । पहिलो हाफमै वेन रोनीले गोल गरे पनि दोस्रो हाफमा उक्त अग्रतालाई जोगाउन नसक्दा एभर्टन स्पष्ट तीन अंक हासिल गर्नबाट बञ्चित भएको थियो । रोनी लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएर यसै सिजन एभर्टनमा आबद्ध भएका हुन् ।

रोनीले खेल सुरु भएको ३५औं मिनेटमा एभर्टनका लागि पहिलो गोल गरेका थिए । इङ्लिस प्रिमियर लिगमा रोनीले गरेको गोल संख्या पनि दुई सय पुगेको छ । ३१ वर्षीय रोनी सन् २००४ मा म्यान युनाइटेडमा आबद्ध हुनुअघि एभर्टनबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । यसअघि एलन सियररले मात्र प्रिमियर लिगमा दुई सय गोलको कीर्तिमान बनाएका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि म्यान सिटीका लागि रहिम स्टर्लिङले जवाफी गोल गरेका थिए । स्टर्लिङ परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । खेलका क्रममा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि म्यान सिटीका कायल वाल्करले दोहोरो पहेँलो कार्ड पाएका थिए । यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि एभर्टनका मोर्गन पनि दोहारो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

‘मेरो लागि यो बिर्सनै नसकिने क्षण हो’, दुई सय गोल पूरा गरेपछि रोनीले भने । एभर्टनमा फर्किएयता खेलिएका दुई लिग खेलमा रोनीले दुई गोल गसिसकेका छन् । दुई खेल खेलेको म्यान सिटी चार अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । एभर्टन पनि दुई खेलबाट चार अंक बटुल्दै तालिकाको आठौं स्थानमा आसिन छ । प्रिमियर लिग तालिकामा दुवै खेल जितेको म्यानचेस्टर युनाइटेड ६ अंकसहित पहिलो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.