सामान्य संशोधनसहित क्यानको प्रस्तावित विधान पारित

सामान्य संशोधनसहित क्यानको प्रस्तावित विधान पारित

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा रहेको नेपाली क्रिकेटको निकासका लागि महत्र्वपूर्ण मानिएको प्रस्तावित विधानलाई नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिको विशेष साधारणसभाले सामान्य संशोधनसहित पारित गरेको छ । सल्लाहकार समूहले तयार पारी आफूले समेत स्वीकृत गरेको प्रस्तावित विधानमा क्यानको विशेष साधारणसभाले गरेको साधारण संशोधनलाई आईसीसीले स्वीकार गरेको अवस्थामा नेपाली क्रिकेटले चाँडै नै निकास पाउने देखिएको छ ।

विशेष साधारणसभाले निर्वाचित समितिको हालको १७ सदस्यीय कार्यसमितिले आगामी केन्द्रीय निर्वाचन साधारणसभामा बिनामताधिकार सहभागी भई कुनै पनि पदमा प्रतिस्पर्धा गर्न पाउने बुँदा थपेको छ । यसअघि प्रस्तावित विधानमा निर्वाचित समितिले कुनै पनि हैसियतमा निर्वाचन साधारणसभामा भाग लिन नपाउने उल्लेख थियो । साधारणसभाले निर्वाचित समितिको १७ सदस्यीय कार्यसमितिबाहेक नेपाली क्रिकेटमा योगदान पुर्‍याएका तर निर्वाचन साधारणसभामा सहभागी हुन नपाएका सातजनालाई पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा बिनामताधिकार प्रतिस्पर्धा गर्न पाउने गरी सहभागी गराउने व्यवस्था गरेको छ ।

यस्तै साधारणसभाले विधान पारित भएपछिको संक्रमणकालीन अवस्थालाई छोट्याएर एक सय पाँच दिनभित्र जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गरिसक्नुपर्ने निर्णयसमेत गरेको छ । त्यसअनुसार विधान लागू भएको ४५ दिनभित्र जिल्ला, त्यसको ३० दिनभित्र प्रदेश र त्यसको थप ३० दिनभित्र केन्द्रको समेत निर्वाचन गरिसक्नुपर्ने समयसीमा तोकेकोछ । यसअघि एक सय ८० दिनको संक्रमणकालीन समयको व्यवस्था गरिएको थियो । त्यसअनुसार ९० दिनभित्र जिल्ला, त्यसपछिको ४५ दिनभित्र प्रदेश र थप ४५ दिनभित्र केन्द्रको निर्वाचन गरिसक्ने व्यवस्था गरिएको थियो ।

 

यस्तै विशेष साधारणसभाले क्यानको अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि तोकेको स्नातक तहको शैक्षिक योग्यता पनि हटाएको छ । अर्काे महत्र्वपूर्ण संशोधनमा विशेष साधारणसभाले केन्द्रको निर्वाचनपछि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण नगरेसम्म क्यानको निर्वाचित समिति अहिलेकै अवस्थामा रहने निर्णय गरेको छ, जसले कुनै काम गर्नेछैन तर विघटन पनि हुनेछैन । यसअघि विधान पारित भएसँगै निर्वाचित समिति स्वतः खारेज हुने व्यवस्था प्रस्ताव गरिएको थियो ।

विशेष साधारणसभाले निर्वाचन अनुगमनका लागि प्रस्ताव गरिएको समितिको संख्या पाँचबाट बढाएर सात पुर्‍याएको छ । यसमा आईसीसीबाट दुईजना, एसियाली क्रिकेट काउन्सिल (एसीसी), निर्वाचित समिति, राखेप, खेलकुद मन्त्रालय र सल्लाहकार समूहबाट एक÷एकजना सदस्य व्यवस्था गरिएको छ । क्यानको सबै तहको निर्बाचन समेत यसै समितीले गर्ने छ । यस्तै सदस्य शुल्कमा समेत परिमार्जन गरिएको छ । यसअघि एक हजार तोकिएको सदस्य शुल्कलाई पाँच सय तथा पाँच सय तोकिएको शुल्कलाई दुई सय ५० मा झारिएको छ ।

क्यान निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटलाई निकास दिलाउने उद्देश्यले हदैसम्म झुकेर निर्णय लिइएको बताए । ‘हामीले नेपाली क्रिकेटलाई अहिलेको अवस्थाबाट निकास दिलाउन हामीले हदैसम्म झुकेर यो निर्णय लिएका छौं । हामी यो अवस्थाबाट अझै झुक्नसक्ने अवस्था छैन’, प्याकुरेलले भने, ‘अब नेपाली क्रिकेटले निकास पाउनुपर्छ ।’

उनले क्रिकेटका सबै कुरा मिल्ने अवस्था भए अदालतमा विचाराधीन रहेको क्रिकेटसम्बन्धी मुद्दाले कुनै बाधा नपुर्‍याउनेसमेत बताए । ‘क्रिकेट समाधानतर्फ जाने वातावरण भयो भने मुद्दा फिर्ता लिन वा त्यसलाई तामेलीमा राख्न पनि सकिन्छ’, प्याकुरेलले भने, ‘मुद्दाले क्रिकेटलाई निकास दिनबाट रोक्दैन ।’ साधारणसभाले विधानको नामलाई समेत संशोधन गरी नेपाल क्रिकेट संघ २०५५ को संशोधित विधान २०७४ बनाएको छ । यसअघि नेपाल क्रिकेट संघको विधान २०७४ प्रस्ताव गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.