नवलपरासीका बाढीपीडितलाई कांग्रेसको राहत

 नवलपरासीका बाढीपीडितलाई कांग्रेसको  राहत

परासी: नवलपरासीमा बाढीबाट प्रभावित भएकामध्ये दुई गाउँपालिकाका पीडित परिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको पहलमा काठमाण्डौंस्थित विभिन्न संस्था र कांग्रेस नेताहरुबाट राहत संकलन गरिएको राहत कांग्रेस जिल्ला समिति मार्फत् वितरण गरिएको हो।

करिब ३० लाख बराबरको राहत सामाग्रीमध्ये प्रयास नेपाल काठमाण्डौंले ट्रयाकसुटसहित लत्ता कपडा उपलव्ध गराएको छ। त्यसैगरी ड्राईफुड र अन्य खाद्यन्न सामग्री नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं. ५का सचिव रजनी थापाले उपलव्ध गराएकी हुन्।

त्यस्तै तेल, नुन, दालसहितका अन्य खाद्यन्न सामग्री नवलपरासीका जिल्ला र नगरस्तरका नेताहरुले उपलव्ध गराएका थिए।जिल्लामा बाढीबाट दुई नगरपालिका र चार गाउँपालिका प्रभावित भएका छन्।

जसमध्ये अतिप्रभावित भइ विस्थापित भएका पाल्हीनन्दन र सरावल गाउँपालिकाकणका कुल १ हजार १ सय २२ परिवारलाई राहत वितरण गरिएको नवलपरासी कांग्रेस सभापति विष्णु लामिछानेले बताए।

मंगलबार र बुधबार दुई दिन लगाएर वितरण गरिएको राहत प्रतिघर ३ हजारको बराबरको रहेको लामिछानेले जानकारी दिए। जसमा पाल्हीनन्दनका सनईका ५ सय ५० र सरावल गाउँपालिकाका ५ सय ७२ घरधुरी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.