‘डेढ वर्षभित्र प्रचण्ड बनेर देखाउनेछु’

‘डेढ वर्षभित्र प्रचण्ड बनेर देखाउनेछु’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू डेढ वर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका छन्। आफूलाई शक्ति केन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता, कार्यकर्ता, सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकले प्रचण्ड देख्न चाहेको स्मरण गराउदै उनले डेढ वर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका हुन्।

‘म प्रचण्ड बन्ने धेयमा छु। पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहिद र वेपत्ता परिवारले पनि मलाई प्रचण्ड देख्न चाहनु भएको छ। एक वा डेढ वर्षमा प्रचण्ड बनेर देखाउनेछु’, माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रचण्डले भने, ‘पहिला प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे, बीचमा माओवादी केही होइन भन्ने ठान्न थाले। अहिले तपाईहरु बुझिहाल्नुहुन्छ नि। अहिले हामी माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादीको सातो गएको छ।’ 

पार्टी भित्र भित्रिएको बिकृति र विसंगतिको नैतिक दायित्व आफैले लिने बताउँदै प्रचण्डले भने ‘तर अहिले नेता,आन्दोलन र पार्टीमा सुधार गर्न पहल गरेको छु ।’ पद प्रतिष्ठाका लागि मरिहत्ते नगर्न बिद्यार्थी नेताहरुलाई आग्रह गर्दै प्रचण्डले स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव दिए ।
‘पहिला सम्मेलन र भेलाहरु बिचार र बिधान केन्द्रित हुन्थ्यो । अहिले बिचार र दस्तावेज औपचारिकतामा सीमित हुन थालेको छ । अध्यक्ष र महासचिव को हुने भन्नेमा लडाइ हुन थाल्यो’ प्रचण्डले भने ‘अहिले व्यक्तिगत प्रतिष्ठाको स्वार्थ पूरा गर्नेतिर परिलक्षित हुन थालेको छ । यो गलत छ । हाम्रो कार्यशैली बदलिएको छैन,बदल्नु परयो ।’ पद र प्रतिष्ठाका लागि एकले अर्कोलाई नङग्याउने र होच्याउने काम नगर्न प्रचण्डले बिद्यार्थी नेताहरुलाई सुझाव दिए ।
‘अहिले बिचारमा मतभेद छैन । लाइनमा मतभेद तल पनि छैन । तपाईहरु एउटै लाइनका नेताहरु हुनुहुन्छ’ प्रचण्डले भने ‘सहमति बनाइदिनु परयो भनेर अव हामीकहाँ नआउनुस । तपाईहरु आफै नेतृत्व मिलाउनुस । आफै सिर्जनशिल र गतिशिल हुनुस । काँग्रेस र एमालेले जस्तो पद प्रतिष्ठाका लागि शक्तिकेन्द्र नधाउनुस ।’
केहि दिन अगाडि माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा बिद्यार्थी संगठनमा कुनै नेताहरुलाई पक्षधरता नदेखाउन निर्देशन दिइएको पनि प्रचण्डले जानकारी गराए । कसैले पक्षधरता धेरै प्रदर्शन गरेमा कार्वाही गर्ने वा कार्यालयको बैठकमा जानकारी गराउँने गरी निर्देशन दिइएको प्रचण्डले बताए । ‘तपाईहरुलाई जिताउन र हराउन भनेर कुनै नेता आउँदैनन’ उनले भने । योङ कम्युनिष्ट लिग (वाइसीएलको सम्मेलनमा पार्टीले हस्तक्षेप गरेको स्वीकार गर्दै प्रचण्डले भने ‘प्रतिस्पर्धा गराउँदा विग्रनेस्थिति आएकोले वाइसीएलको सम्मेलनमा हस्तक्षेप गरेकै हो । बिद्यार्थी र महिला जस्ता जनवर्गीय संगठनमा हस्तक्षेप गर्दैनौ । तपाईहरु आफै प्रतिस्पर्धा गर्नुस ।’

अखिल क्रान्तिकारीको अध्यक्ष बन्नका लागि गृहमन्त्री जनाद्र्धन शर्माका भाई अनिल शर्मा र रामचन्द्र अधिकारी प्रतिस्पर्धामा देखिएका छन् । निर्वाचन हुने अवस्थामा विरेन्द्र बस्नेतले पनि अध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् । गत साउन २८ गते गरिएको प्रतिनिधि छनौटमा एकता प्रक्रियामा आएका बिद्यार्थी प्रतिनिधि निर्णायक हुने देखिएका कारण अधिकारी र शर्माले उनीहरुलाई आफनो पक्षमा ल्याउन कसरत गरिरहेका छन् । सम्मेलनमा मुलुकभरबाट करीव दुई हजार प्रतिनिधि सहभागी छन् । अध्यक्षका लागि रञ्जित तामाङले पनि इच्छा व्यक्त गर्दै आएका छन् । तर मुख्य प्रतिस्पर्धा शर्मा र अधिकारी वीच हुने देखिएको छ । दुवै नेताले सम्मेलनमा सहभागी भएका प्रतिनिधिहरु आफनो पक्षमा रहेको दावी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.