अन्तर विद्यालयस्तरीय बासकेटबल र फुटबल प्रतियोगिता हुँदै

अन्तर विद्यालयस्तरीय बासकेटबल र फुटबल प्रतियोगिता हुँदै

काठमाडौं: वृहस्पती विद्यासदनको आयोजनामा चौथो यु १२ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता र पाँचौं अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। बुधबार विद्यालयले पत्रकार सम्मेलन गर्दै यही भदौं ११ गतेदेखि २४ गतेसम्म प्रतियोगिता गर्ने जानकारी गराएको हो। सबै प्रतियोगिता वृहस्पती विद्यासदनकै प्रांगण नक्सालमा हुने छ।

यु १२ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता (छात्र छात्रा दुबै) भदौ ११ देखि १७ गतेसम्म र यु १२ अन्तरविद्यालय फुटबल प्रतियोगिता (छात्रतर्फ) र मिनि फुटबल भदौ १८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बास्केटबलतर्फ १२ विद्यालय सहभागि हुने जनाइएको छ। त्यस्तै, यु १२ फुटबलतर्फ १२ र मिनि फुटबल प्रतियोगितातर्फ ८ विद्यालय सहभागि हुनेछन्। सबै खेलहरु लिगकम नकआउटका आधारमा खेलाइनेछ।

त्यस्तै, भदौ १६ गते बास्केटबल प्रतियोगिताको सेमिफाइनलको दिन अपाङ्ता भएका बास्केटबल खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप ह्विलचियर बास्केटबल प्रतियोगिता गरिने र प्रतियोगि खेलाडीहरुलाई विद्यार्थीहरुसँग अन्तरक्रिया गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.