बाढीले भत्किएको हुलाकी राजमार्ग बनाउदै युवा संघ नेपाल
काठमाडौं : बाढीले भत्किएको हुलाकी राजमार्ग निर्माणमा युवा संघ नेपालका नेता तथा कार्यकर्ता जुटेका छन्। बाढीले बिगारेको हुलाकी राजमार्गमा पर्ने पुतनी नदीको बाटोलाई स्तर उन्नती गरी तत्काल सञ्चालनमा ल्याएको युवा संघले जनाएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका ९ मा पर्ने हुलाकी राजमार्ग अवरोधका कारण हजारौं सर्वसाधारण प्रभावित थिए।
युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीको नेतृत्वमा पुगेको टोलीले बाटोलाई सुचारु गरेको युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए । मधेसवादी राजनीतिक दलका कार्यकर्ता मधेसी जनताको पीडामा भन्दा पनि स्वाथर्कका पछाडि लागेको आरोप लगाउदै युवा संघले श्रमदानलाई प्राथमिकतामा राखेको हो।