बाढीले पर्सा र बारामा दुइ अर्बको बाली तथा माछा नष्ट

 बाढीले पर्सा र बारामा दुइ अर्बको बाली तथा माछा नष्ट

वीरगन्ज: साउनको अन्त्यतिर अबिरल बर्षासँगै आएको बाढीले पर्सा र बारामा गरि झण्डै दुइ अर्ब मुल्यको बालीनाली र माछा नष्ट भएको छ।

बाढीले विशेष गरि धानबाली, तरकारी खेती र माछापालनमा सबै भन्दा बढि क्षति पुर्‍याएको छ । पर्सामा गण्डक नहर देखि दक्षिणको क्षेत्रमा बाढी र डुवानका कारण बाली र माछा पोखरीमा बढी क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र कुमार सिन्हाले बताए।

बुधबारसम्म गरिएको स्थलगत अनुगमनका क्रममा पर्सा जिल्लामाबाढीका कारण ३४ करोड ७५ लाख मुल्य बराबरको बालीनाली र माछा क्षति भएको पाइएको सिन्हाले जानकारी दिए।

जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख सिन्हाका अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी माछापोखरीमा क्षति भएको छ। तीन सय ५० हेक्टर क्षेत्रफलको माछा पोखरीमाबाढी पसरेर माछा बगाउदा १७ करोड ५० लाख मुल्यको क्षति भएको सिन्हाले बताए।

यस्तै एक हजार ६ सय हेक्टर क्षेत्रफलको धान खेतिमा पूर्ण रुपमा क्षति पुगेको र त्यसबाट १६ करोडको नोक्सानी भएको जिल्ल कृषि विकास कार्यालय पर्साले जनाएको छ।

कार्यालयका अनुसार पर्सामा ५० हेक्टरमा लगाईएको एक करोड मुल्य बराबरको तरकारी खेती पनि बाढीले नष्ट भएको छ। खोला र नदिमा आएको बाढी खेतमा र माछा पोखरीमा पसेपछि धान र तरकारी बाली नष्ट गर्नुका साथै माछा पोखरीको माछा पनि बगाएर लगेकाले बढि क्षति भएको कार्यालय प्रमुख सिन्हाले बताए।

पीडित किसानहरु धमाधम निवेदन लिएर कार्यालयमा आईरहेका छन्, हामीले निवेदन लिईरहेका छौं' कार्यालय प्रमुख सिन्हाले भने, 'हामीले उनीहरुलाई क्षतिपुर्ति र राहतका लागि माथिल्लो निकायबाट जस्तो निर्णय हुन्छ हामी त्यही अनुसार कार्यान्वयन गर्छौ भनेर आश्वासन दिईरहेका छौं।

बाढीका कारण बारामा पनि एक अर्ब भन्दा बढिको कृषि बाली नष्ट हुनुका साथै चौपायाहरुमा क्षति पुगेको छ ।
बाढीले बारामा मात्रै एक अर्ब ३८ करोड १६ लाख मुल्य बराबरको कृषि बाली नष्ट भएको जिल्ला कृषि बिकास कार्यालय बाराका प्रमुख शीवरत्न साहले जानकारी दिए।

क्षतिको बिबरण संकलन कार्य जारी रहेकोले क्षतिको परिणाम अझै बढ्न सक्ने साहले बताए। बारामा खोला तथा नहरमा पानीको बहाब बढेर खेतीबालीमा पस्दा तीन सय हेक्टरमा लगाईएको धानबाली नष्ट भएको र पाच सय हेक्टरमा पालिएको माछा समेत बगाएको छ।

बारामा एक हजार हेक्टर क्षेत्रफलमा लगाईएको तरकारी पनिबाढीले नष्ट गरेको प्रमुख साहले जानकारी दिए।
पानीले उखु, केरा लगायतका नगदे बालीहरुमा पनी ठुलो क्षती पुगेको किसानहरुले बताएका छन्।करोडौँ मूल्य बराबरको खेती नष्ट हुँदा पनी हालसम्म सरकारले कुनै किसीमको सेबा सुबिधा उपलब्ध नगराएको पीडित किसानहरुले गुनासो गरेका छन्।

जिल्ला कृषि बिकास कार्यालय बाराका प्रमुख साहले भने सरकारले तत्कालै कुनै किसीमको क्षतीपूर्तीको ब्यबस्था नगरेको भएपनि जिल्लाबाट गर्न सकिने प्राबिधिक लगायत अन्य सहयोगका लागी भने कार्यालय तयार रहेको बताए।

त्यसैगरी, बर्षा रबाढीले बारामा किसानहरुले पालेका पशु चौपायामा समेत ठुलो क्षती पुगेको छ ।बाढीले बारामा गाइर्, भैँसी, कुखुरा लगायतका पशु चौपायामा क्षती पुर्‍याएको छ भने ६ हेक्टरमा लगाएको घाँस पनी डुबाएको छ।

हालसम्मको बिबरण अनुसार पशु चौपाया अन्तर्गत ७० लाख बराबरको क्षती पुगेको जिल्ला पशु कार्यालय बाराका प्रमुख देब नन्दन साहले जानकारी दिए। हाल सम्म ९० जना कृषकका पशुहरुको स्वास्थ्य परीक्षण गरीएको र परीक्षण गरीएका पशुहरुमा खोकि, मुखमा घाउ आउने, छेर्ने जस्ता रोगहरु देखा परेको साहले जानकारी दिए। परीक्षण पछि रोगी भेटिएका पशुहरुका लागी आवश्यक औषधी जिल्लाबाटै सहयोग गर्दै आएको जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.