प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार अपरान्ह अनौपचारिक भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीको दिल्लीस्थित सरकारी निवास सेभेन रेसकोर्समा भएको भेटलाई बिहिबार हुने भेटवार्ताको पूर्व तयारीको रुपमा लिइएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटका बारेमा भारतीय प्रधानमन्त्री मोदीले गरेको टवीटमा बाकी महत्वपूर्ण भेटवार्ता विहिबार हुने उल्लेख छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईले बताए।

‘यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति तथा सद्भावनालाई दर्शाएको छ’, उनले रासससँग भने ।

प्रधानमन्त्री देउवा नेपाली दूताबासमा प्रवासी नेपालीहरुसँगको कार्यक्रममा सहभागी भएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव आएपछि यो भेट भएको हो । पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले विहिबार गार्ड अफ अनर ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको भ्रमणको दोश्रो दिन उच्च राजनीतिक भेटघाटको कार्यक्रम राखिएको छ । महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर फर्किएपछि प्रधानमन्त्री देउवालाई विदेशमन्त्री सुषमा स्वराजले भेट गर्ने कार्यक्रम छ ।

हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवा वीच दुइ पक्षीय भेटवार्ता हुनेछ । वान टु वान टक,भ्रमण दलका अधिकारी सहभागी भेटवार्तापछि सात वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि संयुक्त बक्तव्य जारी हुनेछ । त्यसपछि वित्त मन्त्री अरुण जेटली, गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्टपति रामनाथ कोविंद तथा उपराष्टपति बैकेया नायडुसँग प्रधानमन्त्री देउवाले भेटने कार्यक्रम पनि बिहिबारका लागि नै तय गरिएको छ ।

तेश्रो र चौथो दिन प्रधानमन्त्री देउवा हैदरावाद र विहारको गया जाने कार्यक्रम छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.