विहारमा अलपत्र कन्टेनर भन्टाबारी नाकाबाट ल्याइने

विहारमा अलपत्र कन्टेनर भन्टाबारी नाकाबाट ल्याइने

 विराटनगर : भारतको विहारस्थित फारबीसगन्ज-जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर-भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीत सहमति भएको छ ।

आयातनिर्यातका लागि मेरुदण्डका रूपमा रहेको भारत विहारको फारवीसगन्ज-जोगवनी सडकखण्डमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीका कारण भासिएपछि नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा धेरै कन्टेनर र मालवाहक गाडी चार दिनदेखि अलपत्र थिए । केही दिनअघि आएको बाढीबाट मिरगन्जको फालमे पुल भासिएपछि सुरक्षाकर्मीले सुरक्षाका कारण देखाएर ठूला र मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाएको थियो । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको मागअनुसार ती गाडी भन्टाबारी नाकाबाट नेपाल भित्र्ययाउन बुधबार सहमति भएको हो ।

पुलको मर्मत नभएसम्म नेपाल र भारततर्फ आयातनिर्यात सहज बनाउन भन्टाबारी-भीमनगर छोटी भन्सार प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले जानकारी दिए । ‘नेपालतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, विराटनगर भन्सार कार्यालयका अधिकृत र भारततर्फबाट जोगबनी भन्सारका डेपुटी कमिसनर पवन कुमारबीच विराटनगरमा यस विषयमा सहमति भएको हो ।

यो रुटबाट नेपाल आउन सवारीसाधनले करिब ५० किलोमिटर अतिरिक्त दूरी तय गर्नुपर्नेछ ।

उद्योग संगठन मोरङका अध्यक्ष मुशेक उपाध्यायले यो निर्णयबाट व्यापारीलाई राहत मिल्ने बताए । हेभी सवारीसाधन आवतजावतमा पूर्ण बन्देज लगाउनाले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग-व्यवसायको कच्चापदार्थ तथा उत्पादित वस्तुलगायत दैनिक उपभोग्य वस्तु आयातनिर्यातमा समस्या भएको थियो ।



 

भन्टाबारीका लागि बथनाहाबाट मालवाहक गाडी भारतको स्टेट हाइवे हुँदै वीरपुरको बाटोबाट भीमनगरतर्फ जानेछन् । यो रुटबाट नेपाल आउन सवारीसाधनले करिब ५० किलोमिटर अतिरिक्त दूरी तय गर्नुपर्ने मोरङ व्यापार संघका महासचिव नवीन रिजालले जानकारी दिए । विराटनगर नाकाबाट प्रवेश गर्ने गरी तेस्रो मुलकबाट आयात गरिएका मालसामान भीमनगरर कोसी ब्यारेज भन्सारबाट ल्याउनेछ ।

नेपालको भन्सार विभागले बुधबार नै विराटनगर भन्सार कार्यालयमा परिपत्र गर्दै भीमनगर-कोसी ब्यारेज भन्सारबाट आयातनिर्यात गर्न निर्देशन गरेको छ । तेस्रो देशबाट पैठारी गरिएका सामान जोगबनी भन्सारले जाँचपास गरेको प्रमाणका आधारमा भारतको भीमनगर भन्सारको बाटोबाट कोसी ब्यारेज हुँदै नेपाल प्रवेश गर्नेछन् । ती सामान विराटनगर भन्सारको यार्डमा ल्याएर जाँचपास हुनेछन् । भारतबाट गरिने पैठारी भीमनगर नाकबाट हुनेछ । राजस्व बुझ्नेलगायत सबै काम विराटनगर भन्सारबाट हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.