पदका लागि मरिहत्ते गर्नेहरू बढे: दाहाल

पदका लागि मरिहत्ते गर्नेहरू बढे: दाहाल

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते गर्ने नेताहरू देखिँदा मूल्य, मान्यता र आदर्श विचलित भएको बताएका छन्। अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन बुधबार राजधानीमा उद्घाटन गर्दै उनले नेताहरूको जीवन, व्यवहार, कार्यशैली बदलिएर व्यक्तिगत लाभ लिन दौडने प्रवृत्तिले आन्दोलन कमजोर भएको बताए।

‘हामी पहिले विचारमा केन्द्रित भएर छलफल गथ्र्यौं, विचारलाई कसरी तिखो बनाउने भन्नेमा केन्द्रित हुन्थ्यौं', उनले भने, ‘तर अहिले विचार र दस्ताबेज पारित गर्ने औपचारिकता मात्रै पूरा गर्न थालेका छौं । नेतृत्वमा कसलाई ल्याउने भन्नेतिर बढी ध्यान दिन थालेका छौं।'

उनले विद्यार्थी संगठनको नेतृत्वका लागि सकभर सहमति, नभए चुनावी प्रतिस्पर्धाकै विधि अवलम्बन गर्न निर्देशन दिए । क्रान्तिकारीको नेतृत्वका लागि अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत आकांक्षी देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.