नेपाल व्यापार संघमा नयाँ नेतृत्व

नेपाल व्यापार संघमा नयाँ नेतृत्व

काठमाडौं : नेपाल व्यपार संघको १३ औं महाधिवेशन तथा २७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । कुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि गौतम, महेन्द्रबहादुर रायमाझी, गोपिचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गता, गिरीराज पोखरेल निर्वाचित भएका छन्।

त्यस्तै महासचिवमा कृष्णप्रसाद अधिकारी, सचिवमा रुक्मिणी सेढाई, रामशरण तिमल्सिना, दीपक सापकोटा, पवनकुमार अग्रवाल, सुमित प्रधान, कोमलसुन्दर श्रेष्ठ र दुर्गाबहादुर गौतम निर्वाचित भएका हुन् । त्यस्तै सहसचिवमा जयकृष्ण शर्मा, सुरेन्द्र पौडेल, हरिराम डाँगी निर्वाचित भए। कोषाध्यक्षमा सोभित थापा र सह-कोषाध्यक्षमा चिपबहादुर थापा र सदस्यमा निरञ्जन सेढाईलागयत नयाँ कार्यसमिति चयन भएको हो ।

उक्त महाधिवेशनले सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्मालाई सल्लाहकार उपसभापति पदमा मनोनीत गर्नुका साथै सुकुन्द प्रधानको सभापतित्वमा २५ सदस्यीय संघको सल्लाहकार समिति चयन गरेको छ ।

यसैबीच सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यवसायी इमान्दार भएकै कारण लक्ष्यभन्दा बढी कर उठ्ने गरेको बताए ।नेपाल व्यापार संघको १३ औं महाधिवेशन तथा २७ औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा बोल्दै मन्त्री बस्नेतले व्यवसायी उत्साही भएर कर तिरेको भन्दै बढी कर तिर्ने करदातालाई राज्यले सम्मान गर्ने बताए । ‘व्यवसायीलाई सम्मानित गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने विषयमा म क्रियाशील हुने छु' उनले भने। करदातालाई सम्मान गर्ने कुरामा राज्य सजग भएको भन्दै राजनीतिज्ञ, कर्मचारी र व्यवसायीले सहकार्य गर्न आवश्यक भएको पनि मन्त्री बस्नेतले बताए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपभोक्ता क्षमतावान् नभए व्यापार चल्न नसक्ने बताए । ‘उपभोक्तामा क्रय क्षमता भएन भने व्यापार पनि चल्न सक्दैन, राज्य पनि चल्न सक्दैन ।' उनले भने। राज्यका सबै संयन्त्र र व्यवसायी जिम्मेवार भएर काम गर्नु पर्ने उहाँको जोड थियो । भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले मूल्यांकन र स्वघोषणा सही हुन सके कर प्रणालीका धेरै समस्या हटेर जाने बताए । ‘यसमा व्यवसायी र कर्मचारी इमान्दार हुन सके भने धेरै समस्याको समाधान हुन्छ', उनले भने।

 

नेपाल व्यापार संघका संस्थापक अध्यक्ष रुबयनाथ कोइरालाले आर्थिक समृद्वि हासिल गर्न राज्य र व्यपारी दुवैको भूमिका उत्तिकै हुने बताए । करदाता सेवा कार्यालय ठमेलका प्रमुख मुकुन्द पोखरेलले नियमानुसार विवरण समयमा बुझाउने र तोकिएबमोजिमको कारोबार बैंकिङ च्यानलबाट गरे धेरै समस्या कम हुने बताए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले व्यापारीले मोलतोल बेगर सञ्चारसँग सम्बन्ध राख्नु पर्ने धारणा राखे । व्यापार फस्टाउन नसके सञ्चार टिक्न नसक्ने भन्दै दाहालले सञ्चारकर्मीले पनि नियतवश लेख्न नहुने बताए ।सांसद रामहरि ढुंगेलले व्यावसायीले पारदर्शी ढंगले काम गर्नु पर्ने कुरा बताए । राज्यले पनि व्यवसायीलाई अनावश्यक दुःख दिन नहुने उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुनिलगोपाल श्रेष्ठले उद्योग अर्थतन्त्रको मुटु र व्यापार धमनी भएको बताए । भन्सारले स्वस्थ ढंगले काम गर्न नसकेको उनको तर्क थियो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ‘हाम्रो व्यापार उपभोक्तालाई भर र राज्यलाई कर' भन्ने नारा सार्थक बनाउनतर्फ लाग्न सुझाव दिए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष ज्ञानेन्द्ररत्न शाक्यले व्यापारीमाथि चौतर्फी आक्रमण हुने तर व्यापारीका समस्या समाधान गर्न राज्यले चासो नदिएको गुनासो गरे ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले व्यपारीलाई संगठित गर्दै व्यवसायिक हितका लागि काम गर्ने बताए । राज्यप्रति उत्तरदायी हुदैँ व्यवसायिक हितका लागि संघले काम गर्ने छ' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.