लगानीका लागि निजी क्षेत्रकाे पहल

लगानीका लागि निजी क्षेत्रकाे पहल

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरू भारत भ्रमणमा गएका छन्।

महासंघका तर्फबाट अध्यक्ष भवानी राणाको नेतृत्वमा व्यवसायीको टोली भारत पुगेको छ। महासंघको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान छन्।

महासंघ कार्यकारिणी समितिका सदस्य अञ्जन श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, ओमबहादुर राजभण्डारी, सौरभ ज्योति, भरतराज आचार्य, शाहिल अग्रवाल, हेमराज ढकाल, शिवप्रसाद घिमिरे, शंकर बोगटी, स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईं, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैध, महासंघका उपनिर्देशक अनुपकुमार श्रेष्ठ पनि प्रतिनिधिमण्डलमा छन्। यस्तै, पत्रकार कुवेर चालिसे, शिव दुवाडी र कृष्ण रिजाल पनि सहभागी छन्।

महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीका औपचारिक कार्यक्रममा सहभागी हुनेछन्। साथै महासंघको समकक्षी भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ, एसोचेमलगायत व्यावसायिक संघसंस्थाहरूले संयुक्त रूपमा आयोजना गर्ने कार्यक्रममा पनि प्रतिनिधिमण्डल सहभागी हुनेछ।
कार्यक्रमलाई महासंघका अध्यक्ष राणाबाट सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डल वाणिज्यमन्त्री निर्मला सीतारमण, ऊर्जा मन्त्रालय, पर्यटन मन्त्रालय र भारतीय उद्योग परिसंघका अध्यक्षसहित पदाधिकारीस“ग भेटघाट गर्नुका साथै नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछ । उक्त अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहलसमेत गरिनेछ।

महासंघको प्रतिनिधिमण्डलमा बंैकिङ, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोसाक, पर्यटन, शिक्षा, स्वास्थ्य, अटोमोबाइल, हस्तकला, उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व छ। प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

परिसंघ पनि सहभागी
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डल पनि सहभागी भएको छ। परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा पूर्वाधार परिषद् तथा युवा उद्यमी परिषद्का संयोजक वीरेन्द्रराज पाण्डे, बैंकिङ समितिका संयोजक अनलराज भट्टराई, सहसंयोजक आशा राणा अधिकारी, निकासी प्रवद्र्धन समितिका संयोजक नरेश दास, रोजगारदाता परिषद्का सहसंयोजक सुरेशलाल श्रेष्ठ, अमिरप्रताप जबरा र युवा उद्यमी परिसंघका संयोजक रोहित गुप्ता छन्।

यसैगरी परिसंघ झापा च्याप्टरका संयोजक मीनप्रकाश मैनाली, सूर्य नेपालका प्रबन्ध निर्देशक अभिमन्यु कुमार पोद्दार र नेसनल इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेन पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।

भारत भ्रमणमा परिसंघको प्रतिनिधिमण्डल र भारतका राष्ट्रिय तहमा उद्योग वाणिज्य सन्धिहरू, भारतीय उद्योग वाणिज्य महासंघ र एसोसियट् चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच दुई देशका निजीक्षेत्रका संस्थाबीच आपसी सम्बन्ध विस्तारका साथै नेपालमा भारतीय लगानी वृद्धिका विषयमा छलफल हुने कार्यक्रम छ।

परिसंघको प्रतिनिधिमण्डलले फिकी, एसोसिएट चेम्बर र पीएचडी चेम्बरका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता एवं बीटुबी बैठक गर्नेछ । यस्तै, पीएचडी चेम्बरसँगको कार्यक्रममा परिसंघ र उक्त चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

चेम्बर पनि सँगै
यसैबीच नेपाल चेम्बर अफ कमर्सका सातजनाको प्रतिनिधिमण्डल पनि भारत पुगेको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, कार्यसमिति सदस्यहरू किशोरकुमार अग्रवाल, नरेश श्रेष्ठ र दीपक मल्होत्रा छन्। साथै सम्बद्ध सदस्यद्वय शिवजी राय यादव र डीएम श्रेष्ठ पनि भ्रमण प्रतिनिधिमण्डलमा सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.