सिप्रदियन सहायता संस्थाद्वारा पीडितलाई सहयोग
काठमाडौं: सिप्रदियन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितलाई राहत सामग्रीअन्तर्गत खाद्यान्न वितरण गरेको छ।
उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका एक सय ७५ बाढीपीडित घरधुुरीलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो। संस्थाका अनुसार स्थानीय समाजसेवी डीके झा, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहटसमेतको रोहवरमा प्रतिपरिवार २५ केजी चामल, तीन केजी दाल, तीन केजी चिउरा, १२ लिटर पानी, एक केजी नुन, आधा लिटर खाने तेल, पाँच प्याकेट चाउचाउ र एक प्याकेट मसला वितरण गरेको छ।
सस्ंथाका अनुसार रौतहटमा मात्र तीन लाख ९४ हजार आठ सय ३७ रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरिएको छ। सस्ंथाको इटहरी शाखाका तर्फबाट पनि सप्तरी र केराबारी क्षेत्रका तीन सय १७ घरधुरीलाई सात लाख ५५ हजार रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरेको कम्पनीले जनाएको छ।
सस्ंथाले नेपालगन्ज शाखाका तर्फबाट पनि बर्दियाका एक सय ३८ परिवारलाई तीन लाख २२ हजार चार सय ८५ रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरेको छ। सिप्रदियन सहायता सस्ंथा सिप्रदी टे«डिङ प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालित संस्था हो।