स्पावेक स्किन केयर नेपालमा

स्पावेक स्किन केयर नेपालमा

काठमाडौं: जापानको चर्चित कस्मेटिक ब्रान्ड नेपाली बजारमा प्रवेश गरेको छ । भारतमा कोसे कर्पोरेसनको सफलतापछि जापानी ब्रान्ड नेपाल भित्रिएको हो । सन् १९४७ सालमा स्थापित कोसे कर्पोरेसनले आफ्ना ग्राहकको आवश्यकताअनुसार उच्च गुणस्तरीय ब्रान्ड बजारमा ल्याएको छ ।

स्वच्छ, सफा र सुन्दर छालाको विकासमा आधारित रहेर स्पावेकले ३० वर्षसम्मका सहरी महिलालाई लक्षित गरेर कस्मेटिक सामग्री ल्याएको हो । स्पावेकले वातावारणका हानिकारक प्रभावविरुद्ध हरेक महिलाको छाला जोगाउने लक्ष्य लिएको जनाएको छ । स्पावेकका उत्पादनमा स्पावेक ह्वाइटनिङ ट्रिपल केयर सेरम एन्ड स्पावेक एज सोलुसन इन्टेन्सिभ सेरम छन् ।

यिनको मूल्य दुई सय ३१ देखि एक हजार दुई सय ७८ रुपैयाँसम्म रहेको कम्पनीको भनाइ छ । स्पावेकसँग भएको सहकार्यबाट कम्पनी निकै खुसी रहेको भास्कर टे«डिङका निर्देशक विकास पालिखेले बताए । यसबाट कम्पनीले जापानको समुद्री तत्वबाट निर्मित सक्कली उत्पादन नेपाली महिलामाझमा ल्याउन पाएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.