एमआईको दसैंतिहार योजना

एमआईको दसैंतिहार योजना

काठमाडौं: एमआई ब्रान्डले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘किन मान्छौ बोर दसैंतिहारमा एमआईको गिफ्ट सियोर' नामक योजना सार्वजनिक गरेको छ। एमआई ब्रान्डका स्मार्टफोनमा मोबाइल क्षेत्रमै पहिलोपटक दुई वर्षको वारेन्टी भित्र्याएको वत्सल इम्पेक्सले हालै ग्राहकको मोबाइलप्रतिको सुरक्षालाई दृष्टिगत गरी एक वर्षको निःशुल्क इन्सुरेन्स सेवा ल्याएको थियो।

कम्पनीले दसैंतिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले हात खाली नजाने उपहार प्राप्त गर्नेछन्, जसअन्तर्गत दुईजनालाई दुबई भ्रमण, बैंकक भ्रमण, पल्सर बाइक, एमआई टीभी, एमआई ल्यापटप, एमआई सोसाइटी, एमआई रोबट भ्याकुम, एमआई फोन, एमआई लगेज, एमआई वाटर प्युरिफाएर, एमआई हेडफोन, एमआई टीभी बक्स, एमआई एयर प्युरिफायर, एमआई स्पिकर, एमआई ब्याग, एमआई राउटर, एमआई ब्यान्ड–२, एमआई स्केल, एमआई पावर बैंक, एमआई भीआर, सुनको सिक्का, इएरफोन, रिङलगायत उपहार छन् ।

उपहार योजनामा सहभागी हुन ग्राहकले एमआई नेपाल एप डाउनलोड गरी भेरिफाईमा गएर फारम भर्नुपर्नेछ । साथै उपहार विजेताको घोषणा तुरुन्तै एसएमएसमार्फत गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.