श्रीकृष्ण र साईबाबा ग्यासलाई नेपाल गुणस्तर चिह्न
काठमाडौं: नेपाल गुणस्तर तथा नापतौल विभागले श्रीकृष्ण र साईबाबा ग्यासलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ ।
गुणस्तर प्रमाणपत्रले उद्योगले प्रदान गर्ने सेवा माथि आम उपभोक्ताको विश्वास जित्न सजिलो भएको साईबाबा ग्यास उद्योग प्रालि तथा श्रीकृष्ण ग्यास उद्योग प्रालिका संस्थापक अध्यक्ष राजेन्द्र डल्लाकोटीले बताए ।
आगामी दिनमा गुणस्तरीय एवं शतप्रतिशत तौलयुक्त खाना पकाउने एलपीजी ग्यास उपलब्ध गराउने विषयमा श्रीकृष्ण र साईबाबा सधैं प्रतिबद्ध रहेको उनको भनाइ छ । श्रीकृष्ण र साईबाबा दुवै ग्यासको फिलिङ सेन्टर फरकफरक जिल्लामा रहे पनि काठमाडाैमा भने कलंकीको खसीबजार डिपोबाट दुवै कम्पनीले उपभोक्ताको घरमा ग्यास उपलब्ध गराउँदै आएका छन् ।