बारामा राहत बाँड्दै तरुण दल काठमाडौं
बाराः बाढी प्रभावित क्षेत्रका बासिन्दालाई नेपाल तरुण दलले राहत वितरण गरेको छ।
नेपाल तरुण दल काठमाडौं र बाराले संयुक्त रुपमा बारामा राहत वितरण गरेका हुन्। बारा क्षेत्र नं ४, प्रसौनी गाउँपालिकाको बेलहिया टोलका बाढीले सबैभन्दा बढी प्रभावित १७५ घर परिवारलाई राहत वितरण गरिएको तरुण दल काठमाडौका सचिव दिनेश विक्रम शाहले बताए।
उनका अनुसार बाढीप्रभावितलाई चामल, चिउरा, चाउचाउ र लत्ताकपडा वितरण गरिएको हो। उनले राहत वितरणको कार्यलाई निरन्तरता दिने बताए।
काठमाडौंमा राहत संकलन गरेर तरुण दलको टोली वितरणका लागि जिल्ला गएको हो। स्थानीय प्रशासनसंगको परामर्शपछि राहत वितरण गरेको तरुण दल बाराका अध्यक्षा लोकेश सिंहले बताए।