आकासियो तरकारीको भाउ

आकासियो तरकारीको भाउ

 भरतपुर : तीजमा माइत हिडेकी शान्ति देवकोटा दंग थिइन्। तरकारी किन्नका लागि नारायणगढको लायन्सचोकमा रहेको तरकारी मण्डी पुगेकी उनी तरकारीको भाउ सुनेपछि तर्सिन्। अघिपछि सस्तोमा किनेको तरकारी धेरै महँगो भएको उनको दुःखेसो थियो। ‘राम्रो भेटाउन गारो छ त्यसलाई पनि महँगो मूल्य तिरेँ', शान्तिले भनिन् ‘भाउ सुन्दा त सुरुमा पत्याउनै नसकेको।' उनले तीन सय ५० धार्नीमा काक्रो किनेकी थिइन्।

एकाएक बढेको तरकारीको भाउले उपभोक्ता तर्सिने गरेका छन्। अरुबेला भन्दा तेब्बर महँगो छ। चाडबाडले मूल्य बढेको गुनासो उपभोक्ताको छ। मूल्य बढी भए पनि किन्नुपर्ने बाध्यता उपभोक्तालाई छ। बिहीबार तरकारी किन्न मण्डी पुगेका भानुभक्त रिमाल पनि तरकारीको भाउ सुनेर दोधारमा परे। तीजका लागि तरकारी लिन आएका रिमाल मूल्य सुनेर तर्सिए। तीन गुणा बढेको तरकारीको भाउले मारमा परेको उनले दुःखेसो गरे। ‘चालिस रुपैयाँको गोलभेँडा एक सय २० मा किन्नुपरेको छ', उनले भने, ‘नकिनौ अरु उपाय छैन, बाध्यताले ढाड सेकियो।' तरकारी पसलमा जानेहरू मूल्य सुनेर तर्सिने गरेका छन्।

१५ दिनयता चितवनमा तरकारीको भाउ ह्वात्तै बढेको छ। महँगो तिर्दा पनि राम्रो तरकारी पाउन नसकेको गुनासो उपभोक्ताको छ। तरकारीको आपूर्तिभन्दा माग बढी भएपछि भाउ बढेको व्यवसायीको भनाइ छ। चितवनमा पछिल्लो समय तरकारीको मूल्य आकासिएको छ। दैनिक रूपमा उपभोग गर्ने तरकारीको मूल्य तेब्बर महँगो भएको छ। तर चर्को मूल्य तिरेर तरकारी किन्दा पीडा भएको उपभोक्ताले गुनासो गरे। ‘एक धार्नी आउने पैसाले अहिले एक किलो पनि आउँदैन', शरणपुरकी शारदा अर्यालले भनिन्, ‘सानोतिनो कमाइले तरकारी किनेर खान गारो भो।'

 

तरकारी किन्ने मात्र होइन मूल्य वृद्धिले बिक्रेतासमेत निराश छन्। लामो बोडीको मूल्य सबैभन्दा बढी छ। बोडीको बजार भाउ प्रतिकेजी दुई सय रुपैयाँ पुगेको छ। काउलीको भाउ प्रतिकेजी एक सय २० रुपैयाँ माथि छ। गोलभेँडाको मूल्य एक सय २० रुपैयाँ पुगेको छ। मूल्य वृद्धिका कारण बिक्री पनि कम भएको छ। तरकारीको मूल्यको कारण घाटा सहनुपरेको व्यवसायी बताउँछन्। तरकारीको मूल्य कम हुँदा फाइदा हुने उनीहरू बताउँछन्। मूल्य बढी भए पनि त्यसअनुसारको राम्रो तरकारी नहुँदा ग्राहक भड्किएर घाटा भएको उनीहरू बताउँछन्।

नारायणगढमा विगत १५ वर्षदेखि तरकारी व्यसवाय गरेका केदार राउतले अहिलेसम्मको सबैभन्दा बढी मूल्य वृद्धि भएको बताए। ‘तरकारी आउने स्थानमै मनमरी भाउ गरेका छन्', राउतले भने, ‘बाढीले सबै क्षेत्रबाट तरकारी नआउँदा प्रतिस्पर्धा हुन नसकेकाले एकलौटी भएको छ।' मूल्य वृद्धिका कारण घाटा सहनु परेको उनले गुनासो गरे। एक ट्रक काउलीमा दुई लाख घाटा भएको उनले बताए।

चितवनलाई तरकारीको पकेट क्षेत्र मानिन्छ। तर जेठदेखि असोजसम्म अफ सिजन मानिन्छ। यो समयमा चितवनको उत्पादन कम हुन्छ। उत्पादन भएका क्षेत्र पनि बाढीले डुबानमा परेपछि बाहिरी जिल्लाबाट तरकारी ल्याउँदा महँगो परेको छ। अहिले धादिङ र मकवानपुरको टिस्टुङ, पालुङबाट तरकारी आउने गरेको छ। गोलभेँडा भने टनेल बनाएर उत्पादन गरिएको गोलभेँडा काठमाडौंबाट आउने गरेको छ। अहिले चितवनको उत्पादन शून्य जस्तै छ।

१५ दिनयता तरकारीको भाउ ह्वात्तै बढेको छ। महँगो मूल्य हाल्दा पनि राम्रो तरकारी पाउन नसकेको उपभोक्ताको गुनासो छ।

पालुङबाट आउने तरकारी पनि बर्खा र बाटोले समयमै आइनपुग्ने र आधा तरकारी कुहिएर फाल्नुपर्ने हुँदा बजारमा मागअनुसार तरकारी आउन नसकेको फलफूल तथा तरकारी थोक व्यवसायी संघ अध्यक्ष थिरप्रसाद धितालले बताए। ‘चाडबाड र बाढीले तरकारीको मूल्य बढेको हो', धितालले भने, ‘विस्तारै अन्य क्षेत्रबाट तरकारी आउन थालेपछि कम हुन्छ।' एक सातामा तरकारीको मूल्य सामान्य हुने धितालको भनाइ छ।

अघिल्लो वर्ष यस समयमा मूल्य कम हुने तरकारी पनि महँगो भएको छ तरकारी व्यवसायी संघले भने वर्षा याममा तरकारीको उत्पादन कम भएकाले मूल्य बढेको बताएको छ। साउनको तेस्रो साता आएको बाढीले तराईका क्षेत्रका उत्पादन नष्ट भएको छ। तरकारी बजारमा प्रतिस्पर्धा नहुँदा मूल्य आकासिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.