प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेट
नयाँ दिल्ली: प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा बिहीबार शिष्टाचार भेट गरेकी छिन्।
सो अवसरमा उनीहरुबीच नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरुको कार्यान्वयनका लागि कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए।
राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिए। रासस