सिन्धुलीका महादेव मन्दिरहरुमा दर्शनार्थीको भीड

सिन्धुलीका महादेव मन्दिरहरुमा दर्शनार्थीको भीड

सिन्धुली : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि सिन्धुलीका विभिन्न महादेवका मन्दिरहरुमा हजारौं महिला भक्तजनहरु पुजाआजामा व्यस्त भएका छन् । जिल्ला सदरमुकाम माढी बजारस्थित काली कमलामाई, माझीटारस्थित शिव महादेव, रामेश्वरधाम, शिद्धबाबा, कुशेश्वर महादेव लगायतका दर्जनौं मन्दिरहरुमा हजारौ भक्तजनहरु बिहीबार बिहानदेखीनै पुजाआजा गरीरहेका छन् ।

 

जिल्लाकै प्रख्यात कुशेश्वर महादेव, शिद्धबाबा मन्दिरमा बिहान ६ बजेदेखि महिलाहरु पुजाआजाका लागि लाइनमा बसेका छन् । लाइनमा बसेका भक्तजनहरुलाई मन्दिर व्यवस्थापन समिति, सुरक्षा निकायले सहयोग गरेका छन् । राति दर खाएर निराधार बर्त बसेका महिलाहरु दिनभर मन्दिरमा पुजाआजा गर्ने, नाचगान गर्ने, एक अर्कामा सुखदुःख आदान प्रदान गर्ने गरिहेका छन् ।

सौभाग्यका प्रतिक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला झिसमिसे बिहानदेखि नै शिवको पुजाअर्चना गर्न विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा लामबद्ध छन् ।भगवानको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना पीडा पोख्दै गीत गाउने र नाच्ने चलन रहेको छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला ब्रत बसेको हुनाले यसलाई हरितालिका तीजको ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर ब्रत तोड्ने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.