राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बस्न पाएकोमा प्रधानमन्त्री देउवा खुशी

राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बस्न पाएकोमा प्रधानमन्त्री देउवा खुशी

काठमाडौं : भारतको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजकीय भ्रमणका क्रममा राष्ट्रपति भवनमा बस्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

अंग्रेजीमा सम्बोधन गरेका देउवाले सम्बोधनको सुरुमै राष्ट्रपति भवनमा राजकीय सम्मानसहित बस्न पाएकोमा खुशी व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले आफू चौथो पटक प्रधानमन्त्री भएर भारतको भ्रमणमा आएको बताउदै नेपाल र भारतबीचका मुद्दामा बृहत् छलफल भएको बताए।

देउवाले जलस्रोत, ऊर्जा, कनेक्टीभीटीलगायत विषयमा प्रचुर सम्भावना रहेको र तीनलाई उपयोग गर्न दुवै देशले मिलेर काम गर्नुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधनका लागि बहुमत नपुगे पनि एक दिन यो प्रक्रिया पूरा भएरै छाड्ने दाबी समेत गरेका छन्। ‘तत्कालका लागि दुई तिहाई बहुमत पुगेन तर हामी एक दिन अवश्य संविधान संशोधन गर्नेछौँ,’ प्रधानमन्त्री देउवाले मोदीकै अगाडि भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.