खोलाले बगाएर तीन बालकको मृत्यु

खोलाले बगाएर तीन बालकको मृत्यु

हेटौंडा : मकवानपुरको पश्चिमी मनहरी गाउँपालिका ७ स्थित मनहरी खोलामा डुबेर तीन बालकको मृत्यू भएको छ । पौडी खेल्न गएका उनीहरुको बिहीबार मध्यान्न खोलाले बगाएर मृत्यू भएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्र घलेले बताए ।

मृत्यू हुनेमा वडा नम्बर ७ निवासी १० वर्षीय अलेश रुम्बा लामा, ११ वर्षीय अमन थिङ र १२ वर्षीय प्रकाश रुम्बा रहेको घलेले जानकारी दिए । उनीहरुसँगै डुबेका १५ वर्षीय बुद्ध लामालाई भने स्थानीयले उद्धार गरेका छन् । लामालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको प्रहरी निरीक्षक घलेले बताए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी पुलबाट करिब पाँचसय मिटर माथि तिब्र बेगको खोलामा पौडी खेल्न गएका उनीहरु तैरन नसक्दा खोलाले बगाएर मृत्यू भएको उनले जानकारी दिए । नौ जनाको समूहमा बालवालिकाहरु मनहरी खोलामा पौडी खेल्न गएका थिए । ‘घटना थाहा पाएको दश मिनेटमा नै हामी पुग्यौ, तर उनीहरुलाई बचाउन सकिएन’, प्रहरी निरीक्षक घलेले भने । मृतकहरुको शव पोष्टमाटमको लागि हेटौंडा अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.